आजको राशिफल (Daily Horoscope)

वि.सं. २०७६ माघ ०७ गते मङ्गलबार तदनुसार ई. सं. २०२० जनवरी २१ तारिख,
माघ कृष्ण द्वादशी, ज्येष्ठा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, बृद्धि योग, कौलव र तैतिल करण
आजको मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कलशचक्र, 
भोलिको चाडपर्व र उत्सव : बुध प्रदोष व्रत,
भोलिको मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), पुराणश्रवण, कलशचक्र, 

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०२:५४ देखि ०४:१४ सम्म
यमघण्ट : बिहान ०९:३६ देखि १०:५६ सम्म
गुलिक काल : दिउँसो १२:१५ देखि ०१:३५ सम्म
काल वारवेला : दिउँसो ०१:३५ देखि ०२:५४ सम्म
रोग वारवेला : बिहान ०६:५८ देखि ०८:१७ सम्म र साँझ ०४:१४ देखि ०७:१४ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : दिउँसो १०:५६ देखि १२:१५ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा महिलाको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
आठौं चन्द्रमाका बाबजुद राशिमा परेको राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमङ्ग देखापर्ने छ, शरीर स्वस्थ रहने छ । चोटपटकको सम्भावना छ, तर डराउनु पर्दैन । गोप्य योजना सफल हुन्छन् र लामो समयदेखिको उल्झन सुल्झाउने अवसर मिल्नेछ । बोलीको कदर हुनेछ । प्रतिकूल एवं विपरीत परिस्थिति भए पनि सचेतता अपनाउनाले कुनै महत्त्वपूर्ण काम निप्ट्याउने अवसर प्राप्त हुनेछ । घरायसी वातावरण आफ्नो अनुकूल हुनेछ । प्रेमप्रसङ्ग र प्रणयलीलाका लागि राम्रो समय छैन । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । महत्वपूर्ण काम गर्नु छ भने गोप्य राखेमा सफलता मिल्नेछ ।
शुभरङ्ग : कालो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : भगवती सङ्कटा
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः
न्यूनतम जापसङ्ख्या : ०९
के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्
के नगर्ने : असुरक्षित यात्रा

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मनोरञ्जन र रमझममा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । साथीभाइबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेम प्रसङ्ग र मनोरञ्जनका लागि अनुकूल समय छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ ।
शुभरङ्ग : गुलाबी वा सिन्दूरे
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : भगवती दुर्गा
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कात्यायनी भगवत्यै नमः
न्यूनतम जापसङ्ख्या : २१
के गर्ने : परिवारमा अधिकतम समय दिने
के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । सरकारी कामबाट फाइदा हुनेछ ।
शुभरङ्ग : हलुका सेतो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : भगवान् भोलेशङ्कर
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः
न्यूनतम जापसङ्ख्या : १८
के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने
के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
पाँचौं भावमा रहेको कमजोर चन्द्रमाको प्रभावले मन एकतमासको बन्न सक्छ । एकाबिहानै विगतका अनुभूतिमा रुमल्लिंदा निराशाभाव उत्पन्न हुनसक्छ । नघोरिई आत्मबलको प्रयोग गरी अघि बढेमा र रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता तपाईंको मुट्ठीमा हुनेछ । पठनपाठन र बौद्धिकताप्रति आकर्षण नै हुनेछ । मिहिनेत गरेमा विद्यार्थीले उच्च सफलता आर्जन गर्नेछन्, आजको चिन्तन र उपाय फलदायी हुनेछ । बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ । मानसम्मानमा गिरावट आउन नदिन प्रयास गरिने छन् । आवेग र क्रोधमा नियन्त्रण गर्नु राम्रो हुन्छ, नत्र सहयोगीहरू टाढिन सक्छन् ।
शुभरङ्ग : हलुका नीलो वा हरियो
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : भगवान् विष्णु
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ हयग्रीवाय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने
के नगर्ने : बुद्धिको दुरुपयोग

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
चन्द्रमा अशुभ छ, तर डराई हाल्नुपर्दैन । शुभ ग्रहको दृष्टि रहेकाले मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँगको छलफलबाट लाभ हुने सम्भावना छ । घरायसी वातावरणमा सुधार आउने छ । मनमा उत्साह र हौसला प्राप्त हुनेछ । मानसिक रूपमा सबल भइने छ । मित्रवर्ग, साथीभाइ र सहयोगीहरूले भरपूर सहयोग गर्नेछन् । आज आफ्ना लक्ष्य र योजनाका बारेमा खुलेर छलफल गरेमा सही मार्गदर्शन हुनसक्छ । तर्कवितर्क, झैझगडा र विवादका विषयमा अघि नबढेको राम्रो हुन्छ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको राम्रो योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । नयाँ रचनात्मक काम सुरु गर्ने समय छ ।
शुभरङ्ग : रातो वा पहेंलो
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ ग्रामदेवताभ्यो नमः/श्री स्वस्थानीपरमेश्वर्यै नमः
न्यूनतम जापसङ्ख्या : १७
के गर्ने : पति/पत्नी, प्रेमी/प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने
के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
दाजुभाइ र बन्धुवान्धवका क्रियाकलापले हर्षित बनाउने छ । धार्मिक क्रियाकलाप, परोपकारी काम वा सामाजिक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ, मनमा आध्यात्मिक र दार्शनिक भावना जागृत हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भोज, पार्टी वा मिठो भोजनका लागि अवसर प्राप्त हुने सम्भावना पनि छ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ ।
शुभरङ्ग : गाढा नीलो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : श्री गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ विघ्नविनाशिने नमः
न्यूनतम जापसङ्ख्या : २१
के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण
के नगर्ने : घमण्ड

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर्कवितर्क र बहसमा विजय प्राप्त हुनेछ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । मिष्ठान्न भोजन मिल्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । नातेदार र कुटुम्बले तपाईंको काममा सहयोग गर्नेछन् अथवा आफैंले चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनुपर्नेछ । बन्दव्यापार राम्रो छ, अप्रत्यासित लाभ हुनेछ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । इज्जत र प्रतिष्ठा बढ्ने छ ।
शुभरङ्ग : घिउ रङ
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : माता लक्ष्मी
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः
न्यूनतम जापसङ्ख्या : २१
के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने
के नगर्ने : अनावश्यक खानपान

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । जोस र जाँगर पलाउने छ, मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । हाँकेका र ताकेका काममा सफलता मिल्नेछ ।
शुभरङ्ग : सिन्दूरे रातो
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : हनुमान् जी
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ अञ्जनीसुताय नमः
न्यूनतम जापसङ्ख्या : २१
के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने
के नगर्ने : हडबड र शीघ्रता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
यात्राको योग छ । बाह्रौं चन्द्रमा भएकाले यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना भएकाले गोपनीयता अपनाएमा मात्र कुनै काम सम्पादन गर्न सहज हुनेछ । छरछिमेकमा परेको अप्ठ्यारो र असजिलो फुकाउन समय र धन लगानी गर्नु पर्ने हुनसक्छ । परोपकार र दानपुण्यका कार्यबाट लाभ लिन सकिने छ । बन्दव्यापारमा नराम्रो छैन । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ ।
शुभरङ्ग : सेतो वा बैैजनी
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : भगवान् विष्णु
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ अनन्ताय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : दान, धर्म, परोपकार
के नगर्ने : रिसराग, उद्वेग र क्रोध

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
राज्यस्थानमा चन्द्रमा भएकाले आज पर्याप्त लाभ लिन सकिने दिन हो । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । परोपकारी काममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । स्वास्थ्य सबल छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । अभिभावकको आशीर्वाद लिन सकेमा सफल भइने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ ।
शुभरङ्ग : कालो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : माता सरस्वती
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ विद्यालक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने
के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
पितृधनबाट फाइदा उठाउन सकिने छ । प्रशस्त आम्दानी हुने सङ्केत छ, तर आम्दानी गरिएको धन मनोरञ्जनात्मक क्षेत्रमा खर्च हुनसक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो ।
शुभरङ्ग : ध्वाँसे
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : भगवान् भोलेशङ्कर
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने
के नगर्ने : लोभ र मोह

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिन सके महत्त्वपूर्ण काम बन्ने सम्भावना छ । दान पुण्यका कार्यतर्फ मन आकर्षित हुनेछ, तर त्यसलाई कार्यान्वयन गर्न विलम्ब गरेमा भाग्यबलमा कमी आउन सक्छ । दूरदराजमा रहेको कुनै पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । पारिवारिक समस्यामा पनि समय खर्च हुने सम्भावना छ । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन । आज ज्ञान र आध्यात्मिक क्षेत्रमा लाग्ने दिन हो, प्रेम र भाइचाराका लागि दानपुण्यमा सहभागी हुनु भएमा रोकिएको काम बन्नसक्छ । विचार र भावनालाई बेवास्ता गर्नेहरूको क्रियाकलापले मनमा विरक्तिको भाव बहन सक्छ ।
शुभरङ्ग : सेतो वा पहेंलो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : भगवान् विष्णु
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ परब्रह्मणे नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग
के नगर्ने : आडम्बर र ढोंगीपन

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)


No comments:

Post a Comment