Showing posts with label बडा दशैं. Show all posts
Showing posts with label बडा दशैं. Show all posts

Oct 18, 2017

महानवमी : सिद्धिदात्री भगवतीको उपासना

दशैँको नवौँ दिन महानवमी पर्वका उपलक्षमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चना गरी मनाइन्छ। घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन रहेको छ। यस उपलक्ष्यमा उक्त दिन दसैंघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र पाठ गर्ने गरिन्छ। शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल चढाउने प्रचलन रहेको छ। पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय ठाउँमा त्यस दिन हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि चढाइन्छ। यस पर्वमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ। महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशान पूजा तथा कोतपूजा गर्ने प्रचलन छ। काठमाडौँको हनुमान ढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र खोल्ने गरिन्छ। विभिन्न धार्मिक महत्वका शक्तिपीठहरुमा यस दिन दुर्गा भवानीलाई प्रसन्न पार्न भक्तिपूर्वक पूजाअर्चना गर्ने र दशैंघरमा वर्षभरि प्रयोग हुने हातहतियार, औजार र मेसिन राखेर पूजा प्रचलन छ।

महानवमी : सिद्धिदात्रीदेवी विशेष पूजा
नवरात्री पर्वको नवौं दिन महानवमीको पुण्य तिथिमा नवदुर्गा भवानीको नवौं शक्तिका रूपमा प्रकट भएकी श्री सिद्धिदात्री भगवतीको पुजा गरिन्छ । यिनी विशुद्ध सुनसमान चम्किलो देदीप्यमान वर्णकी अत्यन्त सौन्दर्यमुखी हुनुका साथै सधैं सौम्य र शान्त मुद्रामा रहन्छिन् । यिनले चार हातमा शंख, चक्र, गदा र कमलको फूल धारण गर्छिन् । राता वस्त्र पहिरी दिव्य आभूषणमा सजिएर कमलको फूलमा बसेर सिंहमाथि सवार गर्छिन्। अष्टमातृकाको नवम शक्तिका रूपमा प्रादुर्भाव भएकी श्री सिद्धिदात्री भगवतीले नवदुर्गा भवानीको प्रमुख शक्तिका रूपमा श्री त्रिपुरसुन्दरी देवीको रूप धारण गर्छिन् । नवरात्री पर्वको नवौ दिन विशेष गरी महालक्ष्मी देवीको पूजाआजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ।

नव कन्याहरूको पूजा गर्ने दिन : महानवमी
नवरात्रीअन्तर्गत पर्ने महानवमीका दिन अन्य नियमित पूजाबाहेक विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पूजाआजा समेत गरिन्छ। दस वर्षभन्दा बढी उमेर भएकी कन्या रजस्वला भई किशोरवयमा प्रवेश गर्ने भएकाले तिनलाई पुज्नुहुँदैन र चढाएको फल आदि खान र चन्दन आदि बास्नाको स्वाद लिन नजान्ने एक वर्ष मात्र पुगेकी कन्यालाई समेत पनि पुज्नुहुँदैन भन्ने मान्यता छ। रोग नलागेकी, राम्रो अङ्ग भएकी, घाउचोट र खत नभएकी एउटै कुलमा उत्पन्न भएकी कन्याहरूलाई राम्ररी पुज्नुपर्दछ।

विशेषगरी महानवमीको पुण्य पर्वमा सनातन हिन्दु धर्मावलम्बीहरूले मन, वचन र कर्मद्वारा शुद्ध भई श्रद्धाभक्तिपूर्वक शास्त्रीय विधिविधानद्वारा आआफ्नो कुलपरम्परा र कुलाचारबमोजिम दसैं घरमा आद्याशक्ति जगन्माता नवदुर्गा भगवतीको आह्वान गरी श्री महात्रिपुरसुन्दरी स्वरूपिणी श्री सिद्धिदात्री भगवतीको महिमा झल्किने तल लेखिएका मन्त्रहरूको उच्चारण गर्दै स्तुति गरी पूजाअर्चना गर्दछन्।

दुर्गमे दुस्तरे कार्ये भयदुर्गविनाशिनीम्। प्रणमामि सदा भक्त्या दुर्गा दुर्गतिनाशिनीम्॥
सिद्धगन्धर्वयक्षाद्यैरसुरैरमरैरपि। सेव्यमाना सदा भूयात् सिद्धीदा सिद्धीदायिनी ॥

ध्यान :-
वन्दे वाञ्छितकामार्थां चन्द्रार्द्धकृतशेखराम्। पद्मस्थितां चतुर्भुजां सिद्धिदात्रीं यशस्विनीम्॥
सौवर्णीं नवमां दुर्गां निर्वाणचक्रमण्डिताम्। शङ्खचक्रगदापद्मधारिणीं त्वां भजाम्यहम् ॥
रक्ताम्बरपरिधानां नानालङ्कारभूषिताम्। मञ्जीरहारकेयूरकिङ्किणिकुण्डलान्विताम्॥
प्रफुल्लवदनां कान्तां देवीं पीनपयोधराम्। कमनीयां क्षीणकटिं निम्ननाभिं नितम्बनीम्॥
सुहास्यां पल्लवाधरां लावण्यां च नितम्बिनीम्। सिंहवाहिनीं कौमारीं सिद्धिदात्रीं नमाम्यहम्॥

स्तोत्र :-
शङ्खचक्रगदाधरां सुवर्णमुकुटोज्ज्वलाम्। स्मेरमुखीं शिवपत्नीं सिद्धिदात्रीं नमोस्तुते॥
रक्तवस्त्रपरिधानां दिव्यालङ्कारभूषिताम्। पद्मस्थितां मलिनाक्षीं सिद्धिदात्रीं नमोस्तुते॥
परानन्दमयीं देविं परब्रह्मपरेश्वरीम्। पराशक्तिं पराभक्तिं सिद्धिदात्रीं नमोस्तुते॥
विश्वकर्त्रीं विश्वभर्त्रीं विश्वहर्त्रीं महेश्वरीम्। विश्वार्चितां विश्वातीतां सिद्धिदात्रीं नमोस्तुते॥
भुक्तिमुक्तिप्रदायिनीं भक्तकष्टनिवारिणीम्। भवाब्धितारिणीं माते! सिद्धिदात्रीं नमोस्तुते॥
धर्मार्थकामदायिनीं मायामोहविनाशिनीम्। मोक्षप्रदायिनीं सिद्धिं सिद्धिदात्रीं नमोस्तुते॥

Oct 17, 2017

महाष्टमी पर्व : भगवतीको विशेष अनुकम्पा प्राप्त हुने दिन

बडा दशैंको आठौं दिन, नवदुर्गा भवानीको पूजा आराधना गरी देशभर महाष्टमी पर्व मनाउने चलन छ। आज दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजाकोठा, दशैंघर अथवा देवीमण्डपमा वैदिक विधिपूर्वक बलिसहित पूजा गरिन्छ । आश्विन शुक्लपक्षको अष्टमी र नवमीको मध्यरात्रीलाई कालरात्री पनि भनिन्छ। कालरात्रीमा बलि सहित महाकालीको पूजा गर्ने चलन छ । महाष्टमी पर्वको अवसरमा यस बिहानैदेखि देशभरी शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भीड हुने गर्दछ। काठमाण्डौ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, बिजेश्वरी, इन्द्रायणी, नरदेवी, बज्रवाराही, रक्तकाली, सङ्कटा, बगलामुखी लगायत शक्तिपीठहरुमा बलि चढाउने र पूजाआराधना गर्नेहरुको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ । यसरी नै राजधानीस्थित हनुमानढोकाको तलेजु भवानी मन्दिरको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ । यसबाहेक उपत्यकाबाहिरका अर्घाखाँचीको सुपादेउराली, विराटनगरको कालीमन्दिर, अछामको सान्नीकोट मन्दिर, पर्साको गहवामाई र बिर्तामाई, बाराको गढीमाई, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेको पलान्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाका गोरखकाली, मनकामना, सप्तरीको छिन्नमस्ता(सखडा), सुनसरीको चाँदवेला भगवतीस्थान, नुवाकोटको नुवाकोट भैरवी, डोटीको शैलेश्वरी, धरानको दन्तकाली, नेपालगञ्जको वागीश्वरी, भोजपुरको सिद्धकाली, संखुवासभाको मनकामना, तेह्रथुमको सिंहवाहिनी, धनकुटाको छिन्नमस्ता, ओखलढुङ्गाको कोटकँडेनी, सोलुखुम्बुको ज्वालादेवीलगायतका शक्तिपीठहरुमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ।

भगवती महागौरी

नवरात्र पर्वको आठौं दिन महाष्टमीको पुण्य तिथिमा श्री नवदुर्गा भवानीको आठौं शक्तिका रूपमा प्रादुर्भाव भएकी श्री महागौरी भगवतीको भक्तिआराधना गर्ने र महिमा गायन गर्ने विशेषता छ। यिनी अत्यन्तै कान्तिमय सेतो वर्णकी भएकी हुनाले महागौरीका नामबाट त्रिलोकमा प्रसिद्ध छन् । महागौरी भगवतीको सम्पूर्ण शरीर दूधजस्तै सेतो रङको छ । देवी भागवत एवं अन्य धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार यिनको आठ वर्षकी बालिकाको उमेर  वर्णन गरिएको छ । यिनी सेतो वस्त्र पहिरन गरी सेतै आभूषणमा सजिएर सेतो रङको साँढेमा सवार गर्छिन् । यिनले चार हातमा दायाँतर्फ अभय मुद्रा र त्रिशूल धारण गरेकी हुन्छिन् । बायाँतर्फको हातले छ भनेर डमरु र वरमुद्रा धारण गरेकी हुन्छिन्। यिनको स्वरूप अत्यन्तै शान्त र सौम्य भइरहेको हुन्छ। अम्बिका भगवतीले अत्यन्त सेतो वर्ण भएकी पार्वती रूप धारण गरी आठ वर्षकी बाल्यावस्थादेखि शिवजीलाई पतिका रूपमा प्राप्ति गर्नका निमित्त हिमालय पर्वतमा कठोर तपस्या गरेकी थिइन्।

कालरात्री

महाष्टमी र महा नवमीको मध्यरात्रीमा कालरात्री भगवतीको पूजाआराधना गर्ने र कालरात्रीका लागि पशुबली प्रदान गर्ने परम्परा पनि छ। कालरात्री देवीको सातौं शक्तिका रूपमा उत्पन्न भएकी भगवती हुन्। दुर्गा सप्तशती ग्रन्थको सातौं अध्यायमा उल्लेख गरिएअनुसार हिमालय पर्वतका शिखरमा रहेकी अम्बिका भगवतीलाई दानवराज शुम्भको आज्ञाबाट पक्रेर ल्याउनका लागि उद्यत भई असङ्ख्य दानव सेनाका साथ चण्डमुण्ड नाम गरेका दैत्य सेनापतिले अम्बिका देवीलाई चारैतर्फ घेरा हाली विभिन्न शस्त्रास्त्रद्वारा आक्रमण गर्दा अत्यन्त क्रोधित भई महासप्तमीको दिन जगदम्बा अम्बिका देवीले मुख कालोनीलो पारी विकराल स्वरूप धारण गरेकी थिइन् र अत्यन्त सौन्दर्यमुखी रूप भएकी महागौरी विचित्र खट्वाङ्गसहित तरबार, पाश आदि दिव्य शस्त्रास्त्रहरू धारण गरी तुरुन्त विकरालमुखी कालीको रूपमा प्रकट भएकी थिइन्। यिनको शरीरको मासु सुकेर केवल अस्थिपन्जरमात्र रहेको थियो । यिनको अस्थिपन्जरभित्र उज्ज्वल प्रकाश फैलिरहेको थियो । सर्वाङ्ग निर्वस्त्र भई चितुवाको छालाको साडी लगाएर घाँटीमा टाउकाका माला धारण गरेकी थिइन् । यिनको आँखा राता-राता भई भित्रसम्म दबेको थियो । मुख अत्यन्त विशाल देखिनुका साथै मुखबाट लामो जिब्रो निकालेर लपलपाई रहेकी हुनाले यिनको स्वरूप अत्यन्तै भयङ्कर देखिन्थ्यो । यिनको भयङ्कर आवाजले चारैतर्फ गुञ्जायमान हुन्थ्यो । यिनले दैत्यदानवहरूलाई क्षणभरमा बध गरी एकै गाँसमा चपाएर भक्षण गरी सम्पूर्ण दैत्यहरूको संहार गरेकी थिइन् । अत्यन्त क्रोधित कालिका देवीले चण्डमुण्डको केश समातेर तरबारले शिर (मुण्ड) काटिन् र ती दुबैको टाउकोलाई धारण गरेकी हुनाले यिनी चामुण्डादेवीको नामबाट समेत विख्यात भइन्। महाष्टमीमा भगवतीको महिमाको विभिन्न स्तुतिहरू गर्नुका साथै विशेष गरी श्री महागौरी स्वरूपिणी श्री महाकाली भगवतीको महिमा झल्किने गरी स्तुति गायन गर्न सकिन्छ ।

स्तुति :-

ॐ नमो: भगवती महागौरीवृषारूढे श्रीं ह्रीं क्लीं हूं फट् स्वाहा॥
सुन्दरीं स्वर्णसर्वाङ्गीं सुखसौभाग्यदायिनीम्। सन्तोषजननीं देवीं महागौरी प्रणमाम्यहम्॥
त्रैलोक्यपूजिते देवि! कमले विष्णुबल्लभे। यथा त्वमचल कृष्णे तथा भव मयि स्थिरा॥
बालव्यक्तविभाकरामितनिभां भव्यप्रदां भारतीमीषत्फुल्लमुखाम्बुजस्मितकरैराशाभवान्धापहाम्।
पाशं साभयमङ्कुशं च ‍वरदं संविभ्रतीं भूतिदां भ्राजन्तीं चतुरम्बजाकृतिकरैर्भक्त्या भजे षोडशीम्॥
श्र्वेतवृषसमारूढा श्र्वेताम्बरधरा शुचिः । महागौरी शुभं दद्यान् महादेवप्रमोददा॥

ध्यान :-

वन्दे वाञ्छित कामार्थे चन्द्रार्द्धकृतशेखराम्। सिंहारूढां चतुर्भुजां महागौरीं यशस्विनीम्॥
इन्दुनिभां महागौरीं सोमचक्रस्थिताष्टमाम्। वराभीतिशूलधरां महागौरीं भजाम्यहम्॥
डमरुधारिणीं देवीं श्रीखण्डगन्धमण्डिताम्। कमनीयां मृदुहास्यां महागौरीं भजाम्यहम्॥
पीताम्बरपरिधानां नानालङ्कारभूषिताम्। मंजीरहारकेयूरकिङ्किणिकुण्डलान्विताम्॥
शिवां प्रफुल्लवदनां पल्लवोष्ठीं महेश्वरीम्। कपोलकान्तमृणालीं महागौरीं भजाम्यहम्॥

स्तोत्र:-

सर्वसङ्कटहारिणीं धनैश्वर्यप्रदायिनीम्। ज्ञानदात्रीं वेदमयीं महागौरीं नमाम्यहम्॥
सुखशान्तिकरीं देवीं धनधान्यप्रदायिनीम्। डमरूवादनप्रियामनघे! प्रणमाम्यहम्॥
त्रैलोक्यमङ्गलां कान्तां तापत्रयविनाशिनीम्। चित्तवृत्तिस्थितां लक्ष्मीं महागौरीं नमाम्यहम्॥

समग्रमा सनातन हिन्दू धर्मावलम्बीहरूले देशदेशान्तरका विभिन्न शक्तिपीठ र दसैं घरमा  महासप्तमीको पुण्य तिथिमा श्री महाकाली भगवतीको भयङ्कर रूप श्री कालरात्रि भगवतीको प्रतिष्ठापन र पूजाआराधना गरी महाष्टमीको पुण्य पर्वमा आआफ्नो कुलपरम्परा र कुलाचारबमोजिम श्रद्धाभक्तिपूर्वक श्री महागौरी भगवतीको पूजा अर्चना गर्ने तथा विशेषतः अघिल्लो दिन प्रतिष्ठापित श्री महाकाली भगवतीको प्रसन्नताका लागि तन्त्रोक्त विधिविधानले हर्षोल्लासका साथ राँगो, बोका, हाँस, कुखुरा आदि पशुपन्छीहरूलाई देवीको चरणकमलमा बलि दिएर पशुपन्छीहरूलाई सदाका निम्ति निष्पापपूर्वक अविनाशीस्वरूपमा स्वर्गगति दिलाई मोक्ष तुल्याउने र आफ्नो आत्मालाई समेत पवित्र तुल्याउने कार्य गर्दछन्। पशुबलि नगर्नेहरू र गर्न नचाहनेहरूले कुभिन्डो, नरिवल, मूला आदिलाई पशुबलिको प्रतीकका रूपमा देवीलाई अर्पण गर्दछन्। यस पावन पुण्य तिथिमा पनि नवरात्रीका अन्य तिथिहरू जसरी नै श्री दुर्गा सप्तशती(चण्डी) र विविध देवीमहात्म्य तथा स्तुतिको पाठसमेत गरिन्छ ।

सामान्यतया प्रत्येक वर्षको श्रावण महिनाका प्रत्येक मङ्गलबारका दिन मङ्गला गौरीको व्रत लिने विधान छ । तर महागौरीको पूजाआजा गरिने दिन अर्थात् बडादसैं वा चैते दशैंको अष्टमी तिथि (महाष्टमी वा चैत्राष्टमी) का दिन पनि मङ्गला गाैरीको भक्ति र अाराधना गर्ने प्रचलन पनि देखिन्छ ।

Oct 15, 2017

नवरात्र पर्वको सातौं दिन : फूलपाती



दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्त्व हुने गर्दछ । आश्विन शुक्ल सप्तमीका दिन नेपाली परम्पराअनुसार घरघरमा र देशभरका शक्तिपीठमा फूलपाती भित्र्याउने गरिन्छ । शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्त्व छ र यो दसैंका लागि पूजा सामाग्री भित्र्याउने एउटा विशेष कर्म हो । दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीका रूपमा नौ किसिमका वनस्पति भित्र्याइन्छ । फूलपातीस्वरूप केरा, दारिम, धान, बेसार, माने, कर्कलो, बेलपत्र, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्र्याउने प्रचलन छ । यी हुन् नौथरीका शास्त्रसम्मत फूलपाती :-

कदली दाडिमी धान्या हरिद्रा मानकं कचुः ।
बिल्वशोका जयन्ती च विज्ञेया नवपत्रिका ।।

यी नौ किसिमका वनस्पतिमा क्रमशः ब्रह्मायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्त्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ ।

फूलपाती हाल आफ्ना घरबारी वा बगैंचाबाट बटुलेर जम्मा पारी आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा छरेको वेदीमा चढाउने चलन भएपनि खास गरी काठमाण्डौ उपत्यकास्थित हनुमान ढोकाको दशैंघरमा भित्र्याउने क्रममा भने परम्पराका रूपमा गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाडौँको जमलसम्म ल्याएर गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको सो फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्र्याउने गरिन्छ। यसै गरी देशभरि भिन्नभिन्न स्थानमा रहेका शक्तिपीठ र देवीस्थानमा पनि स्थानीय सैन्य निकाय गण, गुल्म, पृतना आदिबाट फूलपातीको हर्षबढाइँ गरी नवपत्रिका प्रवेश गराउने गरिन्छ। आज २०७४ साल असोज ११ गतेका निमित्त फूलपाती भित्र्याउनका निमित्त नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइत बिहान ७ बजेर ११ मिनेटमा छ । व्यवहारिक कारणले उक्त समयमा फूलपाती भित्र्याउन नसक्नेले तलका समयमा फूलपाती भित्र्याए पनि शुभ नै हुनेछ :-


अमृत वारवेला : बिहान ०७:२४ देखि ०८:५४ सम्म
शुभ वारवेला : बिहान १०:२४ देखि ११:५४ सम्म


कालरात्री भगवतिको आराधना

माता दुर्गाको सातौं शक्ति कालरात्रिको नामद्वारा प्रसिद्ध छ। नवरात्री पर्व अर्थात् दुर्गापूजाको सातौं दिन माता कालरात्रिको उपासना गर्ने दिन हो । यस दिन स्थापना र प्राणप्रतिष्ठा गरिएकी कालरात्रिको भोलीपल्ट अष्टमीको मध्यरात्रीमा तान्त्रिक पद्धतिले विशेष पूजाआजा गरी विसर्जन गर्ने प्रचलन छ । आज सप्तमीका दिन साधकले मनलाई ‘सहस्रार’ चक्रमा अवस्थित तुल्याउँदछ। जसबाट उसका निमित्त ब्रह्माण्डका सिद्धिका समस्त द्वारहरू खुल्दछन्। सहस्रार चक्रमा अवस्थित साधकको मन पूर्णतः माता कालरात्रिको स्वरूपमा अवस्थित हुनपुग्छ। भगवतीको साक्षात्कारबाट प्राप्त हुने पुण्यको भागी हुने अवसर साधकले प्राप्त गर्दछ। उसका समस्त पाप र विघ्नको नाश हुन्छ। उसलाई अक्षय पुण्यलोकको प्राप्ति हुन्छ।

वर्णन

माता कालरात्रिको शरीरको रङ्ग गहिरो अन्धकार जस्तै एकदमै कालो छ। टाउकोका कपाल छरपष्ट छन्। घाँटीमा विद्युत् जस्तै चम्किलो माला छ। यिनका तीनवटा आँखा छन्। यी तीनैवटा आँखा ब्रह्माण्ड झैं गोला आकारका छन्। यी आँखाबाट विद्युत् समान चम्किला किरणहरू निःसृत हुन्छन्। आमा कालरात्रिको नाकबाट बहने श्वासप्रश्वासबाट अग्निका भयङ्कर ज्वालाहरू निस्कन्छन्। यिनको बाहन गधा(गर्दभ) हो। यिनले माथिल्लो दाहिने हातको वरमुद्राका माध्यमले सबैलाई वर प्रदान गर्दछिन्, अनि दाहिनेतर्फकै तल्लो हातमा अभयमुद्रा छ। त्यस्तै देब्रेतर्फ माथिल्लो हातमा फलामको अङ्कुश र तल्तिरको हातमा खड्ग छ।

महिमा

माता कालरात्रिको स्वरूप हेर्दा अत्यन्त भयानक देखिन्छ, तर यिनले सदैव शुभ फल मात्र प्रदान गर्दछिन्। त्यसैले यिनको अर्को नाम ‘शुभङ्करी’ हो। अतः यिनीसित भक्तहरूले कहिल्यै भयभीत अथवा आतङ्कित हुने आवश्यकता छैन। माता कालरात्रि दुष्टहरूलाई नाशगर्ने देवी हुन्। दानव, दैत्य, राक्षस, भूत, प्रेत आदि यिनलाई सम्झनासाथ भयभीत भएर भाग्दछन्। यिनले ग्रहबाट हुने अशान्ति र बाधालाई पनि नष्ट गर्दछिन्। यिनका उपासकले अग्निभय, जलभय, जन्तुभय, शत्रुभय, रात्रिभय आदि कहिल्यै ब्यहोर्नु पर्दैन। यिनै भगवतीको कृपाले ऊ समस्त भयबाट मुक्त हुनपुग्छ। माता कालरात्रिको स्वरूप वा विग्रहलाई आफ्नो हृदयमा अवस्थित गरी मनुष्यले एकनिष्ठ भावद्वारा उपासना गर्नुपर्दछ। यम, नियम, संयम आदिको पालना गर्नुपर्दछ। मन, वचन र शरीरलाई पवित्र तुल्याउनु पर्दछ। यी साक्षात् शुभफल प्रदान गर्ने देवी शुभङ्करी हुन्। यिनको उपासनाबाट प्राप्त हुने शुभफलको लेखाजोखा गर्न सकिंदैन। त्यसैले हामीले निरन्तर उनको स्मरण, ध्यान र पूजा गर्नु पर्दछ। नवरात्रिको सातौं दिन फूलपातीका दिन माता कालरात्रिको आराधना गर्ने विधान छ। त्यसदिन यिनको प्राणप्रतिष्ठा गरी पूजाअर्चना गर्नाले समस्त पापबाट मुक्ति प्राप्त हुन्छ र शत्रुहरूको क्षय हुन्छ, आफ्नो श्री, ह्री र तेजको अभिबृद्धि हुन्छ।

यिनलाई प्रसन्न तुल्याउन निम्नाङ्कित श्लोकको यथाशक्य जाप गर्नुपर्दछ :-

सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके।
शरण्येत्र्यम्बके गौरि नारायणी नमोऽस्तुते॥
जयन्ति मङ्गला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते॥
जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणी।
जय सर्वगते देवी कालरात्री नमोऽस्तुते॥
सुखानन्दकरीं शान्तां सर्वदेवैः नमस्कृताम् ।
सर्वभूतात्मिकां देवीं शाम्भवीं प्रणमाम्यहम् ॥
चण्डवीरां चण्डमायां रक्तबीजप्रभञ्जनीम् ।
तां नमामि च देवेशीं कालिकां गुणशालिनीम् ॥
रक्ताऽब्धिपोतारूणपद्मसंस्थां पाशांकुशेष्वासशराऽसिबाणान् ।
शूलं कपालं दधतीं कराऽब्जैः रक्तां त्रिनेत्रां प्रणमामि देवीम् ॥
उद्यद्दिनद्युतिमिन्दुकिरीटां तुङ्गकुचां नयनवययुक्ताम् ।
स्मेरमुखीं वरदाङ्कुशपाशभीतिकरां प्रभजे भुवनेशीम् ॥
एकवेणीजपाकर्णपुरानानाखरास्थिता ।
लम्बोष्ठी कर्णिकाकर्णी तैलाभ्यङ्गशरीरिणी ॥
वामपदोल्लसल्लोहलताकण्टकभूषणा ।
वर्द्धन्मूर्धध्वजाकृष्णा कालरात्रिभर्यङ्करी ॥

ध्यान:-

आरक्ताभां त्रिनेत्रां मणिमुकुटवतीं रत्नताटङ्करम्यां
हस्ताम्भोजैः सपाशाङ्कुशमदनधनुः सायकैर्विस्फुरन्तीम् ।
आपीनोत्तुङ्गवक्षोरुहतटविलुठत्तारहारोज्ज्वलाङ्गीं
ध्यायाम्यम्भोरुहस्थामरुणविवसनामीश्वरीमीश्वराणाम् ॥


राताराता तीनवटा आँखा भएकी, रत्नादि र मणिमाणिक्यले झल्झलाकार देखिने मुकुट र कुण्डल धारण गर्ने, कमल झैं सुकोमल चारवटा हातमा क्रमशः पाश, अङ्कुश, कामदेवको धनु र चम्किला बाणहरू धारण गरेकी एवं ठूला र उच्च स्तनहरूमाथि झुल्दै गरेका चम्किला हार धारण गर्ने कमलको आसनमा उभिएकी सूर्यको अरुणिमाजस्तो अनुहार भएकी ईश्वरहरूकी पनि ईश्वरी भगवती दुर्गाको म भक्तिभावपूर्वक ध्यान गर्दछु ।

I meditate on Devi, shining red, with three eyes, having gem-studded crown and beautiful earrings, holding in her hands, rope, goad, the bow of Manmatha (sugarcane bow), shining with arrows, with glowing necklaces rolling on her raised large bosom, who is seated on red lotus; the Goddess of Gods.


करालवदनां घोरां मुक्तकेशीं चतुर्भुजां ।
कालिकां दक्षिणां दिव्यां मुण्डमालाविभुषिताम् ॥
सद्यश्छिन्नशिरःखड्गवामाधोर्द्ध्वकराम्भुजां ।
अभयां वरदाञ्चैव दक्षिणोर्द्धाधःपाणिकाम् ॥
महामेघप्रभां श्यामां तथा चैव दिगम्बरीं ।
कण्ठावसक्तमुण्डालीगलद्रुधिरचर्च्चितां ॥
कर्णावतंसता नीत शवयुग्मभयानकां ।
घोरदंष्ट्रां करालास्यां पीनोन्नतपयोधराम् ॥
शवानां करसङ्घातैः कृतकाञ्चीं हसन्मुखीं ।
सृक्कद्वयगलद्रक्तधाराविस्फुरिताननां ॥
घोररावां महारौद्रीं श्मशानालयवासिनीम् ।
बालार्कमण्डलाकारलोचनत्रितयान्वितां ॥
दन्तुरां दक्षिणव्यापिमुक्तालन्विकचोच्चयां ।
शवरूप महादेवहृदयोपरिसंस्थितां ॥
शिवाभिर्घोररवाभिश्चतुर्द्दिक्षु समन्वितां ।
महाकालेन च समं विपरीतरतातुरां ॥
सुखप्रसन्नवदनां स्मेराननसरोरुहां ।
एवं संचिन्तयेत् कालीं सर्वकामसमृद्धिदाम् ॥

यसरी आज आह्वान गरी उपासना गरिएकी कालरात्रीलाई भोलिपल्ट महाष्टमीको मध्यरात्रीमा बलि दिई विशेष आराधना गर्ने चलन छ ।

महासरस्वतीको आह्वान

फूलपातीका दिन ज्ञान विज्ञान कला एवं शैक्षिक र प्राज्ञिक क्षेत्रका साधकले महासरस्वतीको आह्वान गरी पुस्तक, कापी, कलम, मसीदानी, कूची, वाद्य-उपकरण आदिको पूजा गर्ने प्रचलन पनि छ। कृषकहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन् ।

नेपाली धार्मिक तथा सांस्कृतिक जीवनमा घटस्थापनाका दिनदेखि नै दसैँ सुरु हुने भए पनि सामाजिक जनजीवनमा भने दशैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि मात्र सुरु हुन्छ। फूलपातीदेखि नै सरकारी कार्यालय, प्राइभेट सङ्घसंस्था र निजी तथा आवासीय विद्यालय/महाविद्यालयहरूमा विदा हुने भएकाले अध्ययन, पेसा वा व्यवसायका कारण विभिन्न स्थानमा रहेका आफन्तहरू घरघरमा फर्कने क्रम पनि यसै दिनबाट प्रारम्भ हुने गर्दछ। घरघरमा परिवारका सबै सदस्यहरू जम्मा हुने र गाउँघरमा रमाइलो र हर्षको सञ्चार बढ्ने हुनाले फूलपातीको दिनदेखि नै खासगरी ग्रामीण क्षेत्रमा जात्रा लाग्ने एवं लिङ्गेपिङ, रोटेपिङ आदि हालिने हुँदा फूलपातीकै दिनबाट दसैँको रौनक अझ थपिन्छ।

कात्यायनीदेवीको महिमा



नवरात्री पर्वअन्तर्गत छैठौं दिन अर्थात् षष्ठी तिथिका दिन आद्याशक्ति जगन्माता भगवती दुर्गाको छैठौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीको भक्ति र आराधना गर्ने तथा महिमा गायन गर्ने चलन रहेको छ । विभिन्न पौराणिक ग्रन्थ र धर्मशास्त्रहरूमा उल्लेख गरिएबमोजिम परापूर्वकालमा कात्य नामका ऋषिका सुपुत्र कात्यायन ऋषिले जगदम्बा भगवतीले आफ्नी पुत्रीका रूपमा जन्म लिऊन् भन्ने कामना गरी धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए । कात्यायन ऋषिको कठोर तपस्याबाट प्रसन्न भई जगन्माताले उनकी छोरी भई उत्पन्न हुन स्वीकार गरिन् र आश्विन कृष्णपक्षको चतुर्दशी तिथिका दिन कात्यायन ऋषिकी पुत्रीका रूपमा उनको जन्म भयो । त्यसको नौ दिनपछि अर्थात् आश्विन शुक्ल सप्तमीदेखि क्रमशः अष्टमीसमेत नवमीसम्म कात्यायन ऋषिले विविध आगम र निगम पद्धतिद्वारा जगदम्बा भगवतीको विशेष भक्तिआराधना र पूजाअर्चना गरे । भगवतीले पनि उनले श्रद्धापूर्वक गरेको भक्तिआराधनालाई ग्रहण गरिन् । आश्विन शुक्लपक्षको दशमी तिथिका दिन भगवतीले दानवहरूका राजा महिषासुरको बध गरिदिइन् । यिनै पृष्ठभूमि रहेका कारणले महिषमर्दिनी भगवतीलाई कात्यायनी भगवती भनिएको हो ।

प्रत्येक वर्ष शारदीय नवरात्री (बडा दसैं) र वासन्ती नवरात्री (चैते दसैं)मा छैठौं दिन सनातन हिन्दु धर्मावलम्बीहरूले श्रद्धाभक्तिपूर्वक यिनलाई कात्यायनी भगवतीको नामबाट पूजा गर्छन्। यिनको वर्ण विशुद्ध सुनजस्तै चम्किलो हुन्छ भने यिनको स्वरूप (श्रीविग्रह) विशाल एवं देदीप्यमान हुन्छ। यिनी सधैं सिंहमा सवार गर्छिन्। यिनका चारवटा हात छन् जसमा क्रमशः दाहिने भागका दुबै हातमा अभय-वरमुद्रा धारण गरेकी हुन्छिन् भने देब्रेपट्टिको हातमा तरबार (खड्ग) र कमलको फूल धारण गर्दछिन् ।

नवरात्री पर्वअन्तर्गत छैठौं दिन षष्ठी तिथिमा नौरथाका अन्य दिनहरू जसरी नै मातृशक्तिका अनुयायीहरू विभिन्न स्थानमा आदिकालदेखि उत्पत्ति भएको मानिएका र प्रतिष्ठापन गरिएका नवदुर्गा भवानीका शक्तिपीठहरूमा दर्शन गरी हर्षोल्लासका साथ यथाशक्य पूजाअर्चना गरी आराधना गर्ने गर्दछन्। उनीहरूले आआफ्ना कुलपरम्परा र कुलाचारबमोजिम आफ्नै घरमा जमरा राखिएको वेदीमा वा परम्परागत सामूहिक दसैंघरमा षष्ठी तिथिका दिन जगदम्बा भगवतीको षष्ठस्वरूप कात्यायनी देवीको आह्वान गरी इष्टदेवीलाई श्रद्धापूर्वक पूजाअर्चना गर्छन् । यसरी पूजाअर्चना गर्दा भगवतीको पुण्यफल प्राप्ति हुने विश्वास गरिन्छ र विभिन्न मन्त्र र स्तुतिको उच्चारण गर्दछन् साथै श्रीदुर्गा सप्तशती(चण्डी)को पाठ गर्छन् । विशेषतः यस दिन कात्यायनीदेवीको स्वरूप (श्री विग्रह)को चरणकमलको ध्यान गरी श्रद्धाभक्तिपूर्वक यिनैको महिमा झल्किने स्तुति गरी पूजा आराधना गरेमा भक्तका रोग, शोक, सन्ताप, भय, दुःख दारिद्य्र आदि सबै सङ्कट नाश हुने शास्त्रीय मान्यता छ ।

कात्यायनी भगवतीको महिमा झल्किने स्तुति :-

यामाराध्य विरिञ्चिरस्य जगतः स्रष्टा हरिः पालकः
संहर्त्ता गिरिशः स्वयं समभवद्ध्येया च या योगिभिः
यामाद्यां प्रकृतिं वदन्ति मुनयस्तत्त्वार्थविज्ञाः परां
तां देवी प्रणमामि विश्वजननीं स्वर्गापवर्गप्रदाम् ।।
जसको आराधना गरेर ब्रह्माले जगतको सिर्जना गर्न जाने, विष्णुले लोकको रक्षा र पालना गरे, स्वयं शंकरले संहार गर्ने शक्ति प्राप्त गरे, जसलाई योगीहरूले आराधना गर्ने गर्दछन्, ऋषिमुनिहरूले जसलाई आद्या प्रकृति भन्दछन्, तत्त्वार्थविद्ले जसलाई परा भनेर व्याख्या गर्दछन्, म स्वर्गादि उत्तम गति प्रदान गर्ने ती विश्वजननी देवीलाई वन्दना गर्दछु।

सुखानन्दकरीं शान्तां सर्वदेवैर्नमस्कृताम् ।
सर्वभूतात्मिकां देवीं शाम्भवीं प्रणमाम्यहम् ॥
श्यामां शुभ्रांशुभालां त्रिकमलनयनां रत्नसिंहासनस्थां
भक्ताभीष्टप्रदात्रीं सुरनिकरकरासेव्यकं चारुयुग्माम् ।
निलाम्भोजांशुकान्तिं निशिचरनिकरारण्यदावाग्निरूपां
पाशं खङ्गं चतुर्भिर्वरकमलकै: खेटकं चाङ्कुशं च ॥
चन्द्रहासोज्वलकरा शार्दूलवरवाहना।
कात्यायनी शुभं दद्यात् देवी दानवघातिनी॥

ध्यान :-

वन्दे वाञ्छितमिष्टार्थं चन्द्रार्द्धकृतशेखराम्।
सिंहारूढां चतुर्भुजां कात्यायनीं यशस्वनीम्॥
सुवर्णवर्णामाज्ञाचक्रस्थितां षष्ठं दुर्गां स्मेरमुखीं त्रिनेत्राम्।
वराभीतिकरां खड्गपद्मधरां कात्यायनसुतां देवीं त्वां भजामि॥
पीताम्बरपरिधानां नानालङ्कारभूषिताम्।
मञ्जीरहारकेयुरकिङ्किणीरत्नमण्डिताम्।।
प्रसन्नवदनां पल्लवाधरां कान्तकपोलां तुङ्गकुचाम्।
कमनीयां लावण्यां त्रिवलीविभूषितां निम्ननाभिम्॥

स्तोत्र :-

त्रैलोक्यजननीं देवीं खड्गिनीं ब्रह्मरूपिणीम्।
वराभयपद्मधरां कात्यायनी नमोस्तुते॥
कञ्चनाभां स्मेरमुखीं कामिनीं मुकुटोज्ज्वलाम्।
शिवपत्नीं महाकालीं कात्यायनी नमोस्तुते॥
पीताम्बरपरिधानां नानालङ्कारभूषिताम्।
सिंहस्थितां महारौद्रीं कात्यायनी नमोस्तुते॥
परानन्दमयीदेवि परब्रह्मपरेश्वरि।
पराशक्तिं पराभक्तिं कात्यायनी नमोस्तुते॥
विश्वकर्त्री, विश्वभर्त्री, विश्वहर्त्री जगत्प्रिये।
विश्वसितां विश्वातीतां कात्यायनी नमोस्तुते॥


नवरात्री पर्वको छैठौं दिन कात्यायनी भगवतीका तान्त्रिक साधकहरूले पवित्रतापूर्वक तन्त्रोक्त विधिविधान र भक्तिभावद्वारा आफ्नो मनलाई 'आज्ञा' चक्रमा केन्द्रित गरी यिनको पूजाआराधना गर्छन्। योग साधनामा आज्ञा चक्रको अत्यन्त महत्त्वपूर्ण स्थान छ। साधकले आफ्नो मनलाई आज्ञाचक्रमा केन्द्रित गरी आफूसँग रहेको सम्पूर्ण सर्वस्व एवं आफ्नो आत्मालाई समेत कात्यायनी भगवतीको चरण कमलमा समर्पण गरी पूजा आराधना गर्दा भक्तका जन्मजन्मान्तरका पाप नाश भई देवीको दर्शन प्राप्ति हुन्छ, साधक स्वयंले अलौकिक तेज प्राप्त हुन्छ र रोग, कष्ट, दुःख, दारिद्य्र नाश भई इहलोकमा धर्मार्थकाम प्राप्त भई परलोकमा उत्तम गति प्राप्त हुन्छ भन्ने मान्यता छ।

Oct 14, 2017

चण्डीपाठ सम्पूर्ण (नेपाली स्वरमा संस्कृत मूलपाठ)

दशैंमा दशैंघर, दुर्गापूजा स्थल, कुनै सञ्चारमाध्यम वा घरैमा पनि दुर्गा सप्तशती चण्डी पाठको अडियोको खोजी भइरहन्छ । प्रस्तुत छ मैले स्वयंले नेपाली शैलीमा पाठ गरेको एचडी डोल्बी साउन्ड सिष्टमको चण्डी पाठ । यसमा कवच, अर्गला, कीलक, रात्रीसूक्त, दन्तकाली स्तोत्र, देव्यपराधक्षमापन स्तुति समेत छ ।

स्कन्दमाता भगवतीको महिमा



नवरात्री पर्वको पाँचौं दिन अर्थात् पञ्चमी तिथिमा नवदुर्गा भगवतीको पाँचौं शक्तिका रूपमा प्रादुर्भाव भएकी श्री स्कन्दमाता भगवतीको पूजाअर्चना गर्दै श्रद्धाभक्तिपूर्वक महिमा गायन गरिन्छ । भगवान् शिवका सुपुत्र स्कन्दकुमार (कार्तिकेय) को बालस्वरूपलाई यिनले सदैव काखमा लिएकी हुन्छिन् र ममत्वपूर्ण स्नेह प्रदान गर्ने गर्दछिन्, अतः नाैरथा पर्वको पाँचौं दिन सनातन हिन्दु धर्माबलम्बीहरूले श्रद्धाभक्तिपूर्वक यिनलाई स्कन्दमाता भनी सम्बोधन गर्दछन्। स्कन्दमातृस्वरूपिणी भगवती दुर्गाको चारवटा हातमा क्रमशः माथिका दुबै हातमा कमलको फूल लिएकी हुन्छिन् भने दाहिने भागको तल्लो हातले स्कन्दकुमारलाई च्यापेर आफ्ना काखमा  राखेकी हुन्छिन् र देब्रे पट्टिको तल्लो हातमा वरमुद्रा धारण गरेकी हुन्छिन्। उनी पद्मासनमा सिंहमा विराजमान हुने गर्दछिन् । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तो देदीप्यमान छ ।

नवरात्री पर्व सुरु भएपछि प्रायः सबैजसो दिनमा विभिन्न स्थानमा आदिकालदेखि उत्पत्ति भएको मानिने वा पछि प्रतिष्ठापित गरिएका आद्याशक्ति जगन्माता दुर्गा भगवतीका शक्तिपीठहरूमा आस्थावान् सनातन हिन्दु धर्माबलम्बीहरूले श्रद्धाभक्तिपूर्वक नवदुर्गा भवानीको दर्शन गरी हर्ष उल्लासका साथ पूजाअर्चना गर्ने चलन छ, यस क्रममा पाँचौ दिन पनि आआफ्नो परम्पराअनुसार घरमैं रहेको घटस्थापनाको वेदीमा वा सामूहिक रूपमा खडा गरिएको दसैं घरमा भक्तिपूर्वक नवदुर्गा भवानीको आह्वान गरी भगवती स्कन्दमाताको श्रद्धापूर्वक पूजाअर्चना गरिन्छ। यसरी भक्तिभाव प्रस्तुत गर्दा र श्रद्धाभाव व्यक्त गर्न विभिन्न स्तुतिहरू र दुर्गा सप्तशती चण्डीको यथाशक्य पाठ गर्नुका साथै विशेषतः श्री स्कन्दमाता भगवतीको श्री विग्रहको स्मरण र ध्यान गर्दै भगवतीको महिमा झल्किने स्तुति गरी पूजाअर्चना गरेमा भक्तले मनोवाञ्छित फल प्राप्त गर्दछन् भन्ने धार्मिक मान्यता रहेको पाइन्छ।

स्कन्दमाता स्तुति

चण्डवीरां चण्डमायां चण्डमुण्डप्रभञ्जनीम् ।
तां नमामि च देवेशीं चण्डिकां चण्डविक्रमाम् ॥
याः श्री स्वयं  सुकृतीनां भवनेष्वलक्ष्मीः पापात्मनां कृतधियां ह्रुदयेषु बुद्धिः ॥
श्रद्धां सतां कुलजनप्रभवस्य लज्जा तां त्वां नतास्मः परिपालय देवि विश्वम् ॥
सिंहासनगतानित्यं पद्माश्रितकरद्वया।
शुभदास्तु सदा देवी स्कन्दमातायशस्विनीम्॥


ध्यान:-

वन्दे वाञ्छित कामर्थेचन्द्रार्द्धकृतशेखराम्।
सिंहारूढाचतुर्भुजा स्कन्दमाता यशस्वनीम्॥
धवलवर्णां विशुद्धचक्रस्थितां पञ्चमदुर्गां त्रिनेत्राम्।
अभयपद्मयुग्मकरां दक्षिणोरूपुत्रधरां भजेम॥
पटाम्बरपरिधानां मृदुहास्यं नानालङ्कारभूषिताम्।
मञ्जीरहारकेयूरकिङ्किणिरत्नकुण्डलधारिणीम्॥
प्रफुल्लवदनां पल्लवाधरां कान्तकपोलां पीनपयोधराम्।
कमनीयां लावण्यां जारूत्रिवलीं नितम्बनीम्॥


स्तोत्र:-

नमामि स्कन्दमातरं नमामि स्कन्दधारिणीम्।
समग्रतत्त्वसागरामपारपारगह्वराम्॥
शिवप्रभां समुज्ज्वलां स्फुरच्छशाङ्कशेखराम्।
ललाटरत्‍‌नभास्करां जगत्प्रदीप्तभास्कराम्॥
महेन्द्रकश्यपार्चितां सनत्कुमारसंस्तुताम्।
सुरासेरेन्द्रवन्दितां यथार्थनिर्मलाद्भुताम्॥
मुमुक्षुभिर्विचिन्तितां विशेषतत्त्वबोधिताम्।
अनेकरत्नभूषितां मृगेन्द्रवाहनाग्रताम्।।
सशुद्धतत्त्वतोषणां त्रिवेदभारभूषणाम्।
सुधार्मिकोपकारिणीं सुरेन्द्रवैरिघातिनीम्॥
शुभां सुपुष्पमालिनीं सुवर्णकल्पशाखिनीम्।
तमोन्धकारयामिनीं शिवस्वभावकामिनीम्॥
सहस्रसूर्यराजिकां धनञ्जयोपकारिकाम् ।
सुशुद्धकालकन्दलां सुभृङ्गवृन्दमञ्जुलाम् ॥
प्रजायिनीं प्रजावतीं नमामि मातरं सतीम् ।
सत्कर्मकारणे गतिं हरप्रियां च पार्वतीम् ॥
अनन्तशक्तिकान्तिदां यशोऽर्थभुक्तिमुक्तिदाम् ।
पुनः पुनर्जगद्धितां नमाम्यहं सुरार्चिताम् ॥
जयेश्वरि त्रिलोचने प्रसीद देवि पाहि माम् ।
जयन्ति ते स्तुवन्ति ये शुभं लभन्त्यसंशयम् ॥




नवरात्र पर्वको पाँचौं दिन तन्त्र र योगका साधकहरूले पवित्रपूर्वक तन्त्रोक्त विधि विधान एवं भक्तिभावद्वारा आफ्नो मनलाई विशुद्ध (पुष्कल) चक्रमा केन्द्रित गरी स्कन्दमाताको स्वरूपको स्मरण र ध्यान गरी श्रद्धापूर्वक षोडषोपचार विधिले भगवतीको पूजा अर्चना गर्छन्। यिनको श्रद्धाभक्तिपूर्वक पूजाअर्चना एवं आराधाना गर्दा भक्तहरूका सम्पूर्ण मनोवाञ्छित इच्छाहरू पूर्ण हुन्छन्, भक्त साधकहरूले पनि यिनको कृपाबाट अलौकिक तेज र कान्ति प्राप्त गर्दछन्। अत्यन्त कोमल हृदय भएकी ममतामयी माता हुनाले यिनी असाध्यै छिटो खुसी हुन्छिन् र यिनलाई प्रसन्न तुल्याउन हामीमा केवल श्रद्धा भक्तिको आवश्यकता पर्छ। भनिन्छ पनि 'कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति' अर्थात्- कुनै छोरो कुपुत्र हुन सक्छ तर कुनै पनि माता कुमाता हुन सक्दिनन् । तसर्थ, सांसारिक माया जालको दुःखबाट छुटकारा पाई इहलोक र परलोकमा कल्याण चाहने सबैले नवरात्रीको पाँचौं दिन  स्कन्दमाता भगवतीलाई श्रद्धापूर्वक पूजाअर्चना गर्दा भक्तलाई मनोवाञ्छित फल प्राप्त हुने कुरामा विश्वस्त हुन सकिन्छ।

Oct 13, 2017

कुष्माण्डा भगवतीको महिमा



नवरात्री पर्वको चौथो दिन ‘चतुर्थी तिथि’ मा श्री नवदुर्गा भवानीको चौथो शक्तिको रूपमा प्रादुर्भाव भएकी श्री कुष्माण्डा भगवतीको पूजाआराधना गर्नुका साथै महिमा गायन गर्ने प्रचलन छ। ब्रह्माण्डको सृष्टिहुनु अघि सबैतिर अन्धकारमय अवस्था थियो । यस समयमा सृष्टिको कुनै अस्तित्व थिएन। यस्तो परिस्थितिको प्रारम्भमा आद्याशक्ति जगन्माता भगवतीको मन्दमुस्कानद्वारा अण्ड अर्थात् ब्रह्माण्डको उत्पत्ति भयो। अतः संसारमा यिनलाई कुष्माण्डा भगवतीका नामले प्रसिद्धि प्राप्त भएको हो। यसै कारणले गर्दा यिनलाई सृष्टिको आदिस्वरूपा र आदिशक्ति भनी पुकार्ने गरिन्छ । कुभिण्डोलाई संस्कृत भाषामा ‘कुष्माण्डम्’ पनि भनिन्छ । बलिहरूमध्ये सर्वाधिक प्रिय बलिका रूपमा भगवती दुर्गालाई कुभिण्डो मन पर्ने हुनाले पनि यिनलाई कुष्माण्डा भगवती भनिएको हो। कुष्माण्डा भगवती सूर्यमण्डलको भित्री तहमा निवास गर्छिन्। यिनको शरीरको ज्वाज्ज्वल्यमान कान्ति पनि सूर्य झैं देदीप्यमान भएर सम्पूर्ण ब्रह्माण्डमा फैलिएको हुन्छ। यिनको तेजको तुलना यिनैसँग मात्र गर्न सकिन्छ, अरू कुनै पनि देवीदेवताको तेजलाई यिनको तेजोमय देदीप्यमान प्रकाशसँग समता गर्न सकिँदैन ।

शास्त्रीय मतानुसार श्री कुष्माण्डा भगवतीले आफ्ना आठवटा हातहरूमा दाहिनेपट्टि क्रमशः कमण्डलु, धनुष, वाण र कमलको फूल एवं देब्रेपट्टिका हातहरूमा क्रमशः अमृतपूर्ण कलश, चक्र, गदा र अणिमादि समस्त सिद्धि प्रदान गर्ने जपमाला धारण गरेकी हुन्छिन्। त्यसैले यिनी अष्टभूजा देवीको नामबाट पनि प्रसिद्ध भएकी छन्। यिनी सधैँ सिंहमा सवार रहन्छिन्।

नवरात्रिको चौथो दिनको पुण्य अवसरमा हिन्दू धर्मावलम्बीहरूले विभिन्न स्थानका आदिकालमा उत्पन्न र प्रतिस्थापित भएका आद्याशक्ति जगन्माता भगवतीका विभिन्न शक्तिपीठहरूमा गई श्रद्धाभक्तिपूर्वक श्री दुर्गाभवानीको आराधना एवं दर्शन गरी हर्ष उल्लासका साथ पूजाअर्चना गर्न् गर्दछन्। यसबाहेक नवरात्री पर्वको चौथो दिन शक्ति उपासक हिन्दुहरूले आआफ्नो कुलपरम्परा र कुलाचारबमोजिम घटस्थापनाका दिन जमरा राखेको वेदीमा वा सामूहिक दसैं घरमा श्रद्धापूर्वक श्रीदुर्गा भवानीलाई आह्वान गरी इष्टदेवीको भक्तिपूर्वक पूजाअर्चना गर्ने गर्दछन्।

नवदुर्गा भवानीका विभिन्न शक्तिपीठहरूको दर्शन गरी पूजाअर्चना गर्दा र दसैं घरमा इष्टदेवीको आह्वान गरी भक्तिपूर्वक पूजाअर्चना गर्दासमेत भगवतीबाट विभिन्न पुण्यफल प्राप्ति हुने स्तुतिहरू र श्रीदुर्गा सप्तशती चण्डीको यथाशक्य पाठ गर्नुका साथै विशेषतः श्री कुष्माण्डा भगवतीको श्री विग्रह ‘रूप’ को चरणकमल सम्झेर श्रद्धाभक्तिपूर्वक यिनैको महिमा झल्किने स्तुति पूजा-अर्चना हुने गर्दा भक्तहरूका सम्पूर्ण पाप मोचन भई सबै प्रकारका दुःख, कष्ट, रोग र व्याधि नाश भएर आयु, आरोग्य, यश र ऐश्वर्यको वृद्धि हुने शास्त्रीय मान्यता रहेको छ। श्री कुष्माण्डा भगवतीलाई प्रसन्न तुल्याउन तल लेखिएका स्तुतिको पाठ गर्ने चलन छ।

कूष्माण्डा स्तुति :-

अणिमादि गुणाकारां मकाराकारचक्षुषाम् ।
अनन्तशक्तिभेदां तां कामाक्षीं प्रणमाम्यहम् ॥
सुरासम्पूर्णकलशं रुधिरप्लूतमेव च।
दधानाहस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु मे॥


ध्यान :-

वन्दे वाञ्छित कामार्थे चन्द्रार्द्धकृतशेखराम्।
सिंहारूढां अष्टभुजां कुष्माण्डां त्वां यशस्विनीम्॥
भास्वरभानुनिभां अनाहतस्थितां चतुर्थदुर्गां त्रिनेत्राम्।
कमण्डलुचापबाणपद्मसुधाकलशचक्रगदाजपवटीधराम्॥
पटाम्बरपरिधानां कमनीयां मृदुहास्यां नानालङ्कारभूषिताम्।
मञ्जीरहारकेयूरकिङ्किणीरत्‍‌नकुण्डलमण्डिताम्।
प्रफुल्लवदनां नानारूचिकां कान्तकपोलां तुङ्गकूचाम्।
कोलाङ्गीं स्मेरमुखीं क्षीणकटिं निम्ननाभिं नितम्बनीम्॥


स्तोत्र :-

दुर्गतिनाशिनी त्वं हि दारिद्य्रादिविनाशिनीम्।
जयदां धनदां देवीं कूष्माण्डे प्रणमाम्यहम्॥
जगन्माता जगत्कर्त्री जगदाधाररूपिणीम्।
चराचरेश्वरीं देवीं कूष्माण्डे प्रणमाम्यहम्॥
त्रैलोक्यसुन्दरीं त्वं हि दु:खशोकनिवारिणीम्।
परानन्दमयीं देवीं कूष्माण्डे प्रणमाम्यहम्॥


यसरी नवरात्री पर्वको चौथो दिन तन्त्रोक्त विधिविधान एवं भक्तिभावद्वारा कुष्माण्डा भगवतीको पूजा.अर्चना गरिन्छ। भक्तहरूले नवरात्रीअन्तर्गत चौथो दिन पवित्र भएर आफ्नो मनलाई अनाहत चक्रमा केन्द्रित राखी अत्यन्त पवित्र रही यिनैको स्वरूप र श्रीविग्रहको स्मरण गर्दै ध्यान गरी श्रद्धाभक्तिपूर्वक यथाशक्य षोडशोपचारले श्री कुष्माण्डा भगवतीको पूजा अर्चना गर्दा भक्तहरूका सबै रोग, कष्ट, दुःख, दारिद्य्र जस्ता सबै सङ्कट नाश भई आयु, आरोग्य, यश, ऐश्वर्य र सुखसमृद्धि प्राप्ति हुन्छ । केवल श्रद्धा र भक्तिका माध्यमबाट खुसी हुने भएकाले यिनलाई प्रसन्न पार्न अत्यन्तै सजिलो छ।  त्यसैले आफ्नो उन्नति र प्रगति चाहने सबै श्रद्धालु भक्तजनले नवरात्रिको चौथो दिन श्री कुष्माण्डा भगवतीलाई तन र मन पवित्र तुल्याई आराधना गर्दै श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गर्दा निश्चित रूपमा मनोवाञ्छित शुभफल प्राप्त भई सबैको कल्याण हुने विश्वास गरिन्छ।

Oct 11, 2017

चन्द्रघण्टा भगवतीको महिमा

नवरात्री पर्वको तेस्रो दिन (तृतीया तिथि) श्री नवदुर्गा भवानीको तेस्रो शक्तिका रूपमा प्रादुर्भाव भएकी श्री चन्द्रघण्टा भगवतीको महिमा बखान गर्दै आराधना गर्ने महत्त्वपूर्ण दिन हो। शिरमा अर्द्धचन्द्रयुक्त घण्टा आकारको मुकुट धारण गरेकी हुनाले यिनलाई चन्द्रघण्टा भगवती भनिएको हो। दसैंको नौरथाअन्तर्गत तेस्रो दिनको पुण्य पर्वमा सनातन हिन्दू धर्मावलम्बीहरूले नजिकका विभिन्न शक्तिपीठहरूमा गएर श्रद्धाभक्तिपूर्वक श्री दुर्गा भवानीको दर्शन गरी हर्षोल्लासका साथमा चन्द्रघण्टा भगवतीको पूजा-अर्चना गर्ने गर्दछन्।

विशेषतः आश्विन शुक्लपक्षको तृतीया तिथिका दिन हिन्दू धर्मावलम्बीहरूले आ-आफ्नो कुलपरम्परा र कुलाचारअनुसार घरभित्रै जमरा राखिएको वेदीमा वा दशैंघरमा श्रद्धापूर्वक चन्द्रघण्टा भगवतीको आह्वान गरी इष्टदेवीलाई भक्तिपूर्वक पूजाअर्चना गर्छन्। यसरी पूजाआराधना गर्ने क्रममा वा शक्तिपीठको दर्शन गर्दा "ॐ जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी । दुर्गाक्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।" आदि दुर्गा भवानीका विभिन्न स्तुति र श्री दुर्गासप्तशतीको पाठ गर्ने गर्दछन्। नवरात्री पर्वको तेस्रो दिन जुनसुकै शक्तिपीठहरूको दर्शन गर्दा वा दशैंघरमा इष्टदेवीको पूजाअर्चना गर्दासमेत श्री चन्द्रघण्टा भगवतीको स्वरूप (श्री विग्रह) को ध्यानपूर्वक स्मरण गर्दै श्रद्धाभक्तिपूर्वक आराधना गरी स्तुति गर्दा भगवती चन्द्रघण्टाको अनुपम कृपा प्राप्त भई साधकका समस्त पाप नाश हुनुका साथै शुभफल प्राप्त हुन्छ र इहलोकमा समस्त मनोकाङ्क्षा पूर्ण भई परलोकमा सद्गति प्राप्त हुनेछ भन्ने धार्मिक मान्यता छ। चन्द्रघण्टा भगवतीको प्रार्थना गर्दा तल लेखिएको स्तुतिवाक्यको उच्चारण गर्नु पर्दछ :-

अर्द्धचन्द्रयुक्त घण्टाकारको मुकुट धारण गरेकी, विशुद्ध स्वर्णमय दिव्य शरीर भएकी, दसवटा भुजा भएकी र उक्त भुजाहरूमा भिन्नभिन्न शस्त्रास्त्र धारण गरेकी, सिंहमाथि विराजमान भएकी, समस्त भूत, प्रेत, पिशाचादिबाट उत्पन्न हुने बाधाहरू नाश गरी भक्तको दुःखकष्ट हरण गर्ने, शत्रुनाश गरी भक्तको सर्वतोमुखी र सर्वत्र रक्षा गरी माङ्गल्य प्रदान गर्ने श्री चन्द्रघण्टा भगवतीलाई बारम्बार प्रणाम गर्दछु ।


चन्द्रघण्टा स्तुति

कालिकां तु कलातीतां कल्याणहृदयां शिवाम् ।
कल्याणजननीं नित्यं कल्याणीं प्रणमाम्यहम् ॥
पिण्डजप्रवरारूढा चण्डकोपास्त्रकैर्युता ।
प्रसादं तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ॥

ध्यान:-

वन्दे वाञ्छितलाभाय चन्द्रार्द्धकृतशेखराम्।
सिंहारूढां दशभुजां चन्द्रघण्टां यशस्विनीम्॥
कञ्चनाभां मणिपुरस्थितां दुर्गां त्रिनेत्राम्।
खड्गगदात्रिशूलचापधरां पद्मकमण्डलुमालावराभीतिकराम्।
पटाम्बरपरिधानाम्मृदुहास्यां नानालङ्कारभूषिताम्।
मञ्जीरहारकेयूरकिङ्किणिरत्‍‌नकुण्डलमण्डिताम्॥
प्रफुल्लवदनां बिम्बाधरां कान्तकपोलां तुङ्गकुचाम्।
कमनीयां लावण्यां क्षीणकटीं नितम्बिनीम्॥

स्तोत्र:-

आपदुद्धारिणी त्वं हि आद्याशक्ति: शुभां पराम्।
अणिमादि सिद्धिदात्री चन्द्रघण्टे नमाम्यहम्॥
चन्द्रमुखी इष्टदात्री इष्टमन्त्रस्वरूपिणी।
धनदात्री नन्ददात्री चन्द्रघण्टे नमाम्यहम्॥
नानारूपधारिणीच्छामय्यैश्वर्यप्रदायिनी।
सौभाग्यारोग्यदायिनी चन्द्रघण्टे नमाम्यहम्॥

चन्द्रघण्टा भगवतीको स्वरूप अत्यन्त कल्याणकारी र शान्त छ र यिनको शरीरबाट विशुद्ध स्वर्णमय कान्ति फैलिरहेको हुन्छ। यिनका दसवटा हात छन् र  ती हातहरूमध्ये दाहिने पट्टिका पाँचवटा हातमा क्रमशः खड्ग, गदा, त्रिशूल, धनुष र भाला तथा देब्रेपट्टिका पाँचवटा हातमा क्रमशः कमलको फूल, कमण्डलु, जपमाला, वरमुद्रा र अभयमुद्रा धारण गरी भक्तहरूलाई रक्षा गर्नको निम्ति उनी सदैव तम्तयार रहने धारण गर्दछिन् । यिनी सधैं रातो वस्त्रमा सजिएर सिंहमाथि सवार गर्दछिन्, त्यसैले यिनलाई सिंहवाहिनी पनि भन्ने गरिन्छ । धार्मिक मान्यताबमोजिम भक्त (साधक) ले मन, वचन र कर्मले शुद्ध भई मनलाई 'मणिपुर' चक्रमा केन्द्रित गरी श्रद्धाभक्तिपूर्वक श्री चन्द्रघण्टा भगवतीको आराधना गरी पूजा-अर्चना गर्दा भगवती प्रसन्न भई भक्तको रक्षाका निम्ति यिनको घण्टाको भयानक चण्डध्वनिको तरङ्ग फैलिन्छ। आफ्ना भक्तजनलाई दुःख दिने भूत, प्रेत, पिशाचहरूलाई घण्टाको चण्डध्वनिको आवाजबाट भगाई यिनले सबै दिशाहरूबाट रक्षा गरी तिनका दुःख र पीडालाई तुरुन्त नाश गरिदिन्छिन्।

ब्रह्मचारिणी रूपको आराधना


नवरात्री पर्वको दोस्रो दिन (द्वितीया तिथि) मा श्री नवदुर्गा भवानीको दोस्रो स्वरूपका रूपमा प्रादुर्भाव भएकी श्री ब्रह्मचारिणी भगवतीको श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गर्ने प्रचलन छ । यस दिन सनातन हिन्दु धर्मावलम्बीहरूले आआफ्ना कुलपरम्परा र कुलाचारअन्तर्गत रही घरको पूजाकोठामा वा सामूहिक/पारम्परिक दसैंघरमा श्रद्धा-भक्तिपूर्वक पूजा अर्चना गर्ने गर्दछन् । यसरी पूजा अर्चना गर्दा वा विभिन्न शक्तिपीठहरूको दर्शन गरी पूजा आराधना गर्दा दुर्गा भवानीको 'ॐ नमः जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वहा स्वधा नमोऽस्तु ते ।।' आदि स्तुतिहरूको उच्चारण गर्ने चलन छ, यसका साथै विशेषतः श्री ब्रह्मचारिणी देवीको स्वरूप (श्री विग्रह)लाई ध्यानपूर्वक स्मरण गर्दै स्तुति गरेमा साधक (भक्त)ले मनोवाञ्छित फल प्राप्त गर्नसक्ने शास्त्रीय मान्यता छ । ब्रह्म शब्दको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने स्त्री विशेष भन्ने अर्थ हुन्छ । भगवती ब्रह्मचारिणीको मुख्य आचरण तपस्या गर्नु नै रहेको हुनाले यिनलाई ब्रह्मचारिणी देवी भनिएको हो । आद्याशक्ति जगन्माता भगवती दुर्गाको द्वितीय महत्त्वपूर्ण रूप ब्रह्मचारिणीको स्तुति र आराधना गर्न तलका संस्कृत श्लोकहरूको उपयोग गर्न सकिन्छ :-

ब्रह्मचारिणी स्तुति

त्रिपुरां त्रिगुणाधारां मार्गज्ञानस्वरूपिणीम् ।
त्रैलोक्यवन्दितां देवीं त्रिमूर्तिं प्रणमाम्यहम् ॥
दधानापरपद्माभ्यामक्षमालाकमण्डलुम्।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ॥


ध्यान :-

वन्दे वाञ्छितलाभाय चन्द्रार्द्धकृतशेखराम् ।
धृतकमण्डलुमालाब्रह्मचारिणी वै शुभा ॥
गौरवर्णां स्वाधिष्ठानस्थितां द्वितीयदुर्गां त्रिनेत्राम् ।
धवलपरिधानां ब्रह्मरूपां पुष्पालङ्कारभूषिताम् ॥
पद्मवदनां पल्लवाधरां कान्तकपोलां पीनपयोधराम् ।
कमनीयां लावण्यां स्मेरमुखीं निम्ननाभिं नितम्बनीम् ॥


स्तोत्र :-

तपश्चारिणी त्वं हि तापत्रयनिवारिणी ।
ब्रह्मरूपधरा ब्रह्मचारिणीं प्रणमाम्यहम् ॥
नवचक्रभेदिनी त्वं हि नवैश्वर्यप्रदायिनी ।
धनदा सुखदा ब्रह्मचारिणीं प्रणमाम्यहम् ॥
शङ्करस्य प्रिया त्वं हि भुक्तिमुक्तिप्रदायिनी ।
शान्तिदा मानदा ब्रह्मचारिणीं प्रणमाम्यहम् ॥


भगवती दुर्गाको द्वितीय स्वरूप ब्रह्मचारिणी देवीको कवच :-

त्रिपुरा हृदये पातु ललाटे पातु शाङ्करी ।
अपर्णा नेत्रयोः पातु अधरे च कपोलयोः ॥
कण्ठे पञ्चदशी पातु मध्यदेशे महेश्वरी ।
षोडशी च सदा पातु नाभौ गुह्ये च पादयोः ।
सर्वदिगङ्गप्रत्यङ्गे पातु मे ब्रह्मचारिणी ॥


प्राचीन धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार ब्रह्मचारिणी भगवतीले पूर्वजन्ममा हिमालय पर्वतकी पत्नी मेनकाको गर्भबाट जन्म लिई नारदमुनिको उपदेशबाट प्रभावित भई भगवान् शिवलाई पतिका रूपमा प्राप्त गर्ने उद्देश्यले अत्यन्त अकल्पनीय कठोर तपस्या गरेकी थिइन् । कैयौं वर्ष लगाएर गरिएको उक्त तपस्यामा उनले वर्षायाम र गर्मी मौसममा खुल्ला आकाशमा कष्टपूर्वक तपस्या गरेकी थिइन्। त्यसरी तपस्या गर्ने क्रममा उनले एक हजार वर्षसम्म फलाहार गरी र त्यसपछि तीन हजार वर्षसम्म अन्नजलादि समेत ग्रहण नगरी केवल जमिनमा झरेको बेलपत्रका सुकेका पातहरू मात्र सेवन गरी तपस्या गरेकी थिइन्। त्यसपछि सुकेका बेलपत्रसमेत सेवन गर्न छाडेर हजारौं वर्षसम्म अन्नजल त्यागी निर्जल निराहार रही शिवजीको आराधना गरी अत्यन्त कठोर तपस्या गरेकी हुनाले यिनलाई 'अपर्णा  ' पनि भन्ने गरिन्छ । यसरी हजारौं वर्षसम्म कठिन तपस्या गरेकी हुनाले आमा मेनकाले  'उ-मा' भनी सम्बोधन गरेकीले यिनलाई उमा भनेर पनि पुकारिन्छ । यसरी अलौकिक, अभूतपूर्व एवं अत्यन्त कठिन तपस्यामा मन, वचन, कर्मले निष्ठापूर्वक निरन्तर लागिरहेको हुनाले नै तपश्चारिणी अर्थात् ब्रह्मचारिणीको नामद्वारा यिनी संसारमा प्रख्यात भएकी हुन् । नवरात्री पर्वको दोस्रो दिन साधकले दैहिक र आत्मिक शुद्धिपूर्वक श्रद्धाभक्तिका साथमा आफ्नो मनलाई 'स्वाधिष्ठान' चक्रमा केन्द्रित गरी श्री दुर्गा भवानीको दोस्रो स्वरूप श्री ब्रह्मचारिणी भगवतीको आराधना गरी भक्तिपूर्वक पूजाअर्चना गर्दा देवीको असीम कृपाद्वारा जीवनमा जस्तोसुकै कठिन सङ्घर्षको जटिल अवस्थामा समेत उसले कर्तव्यपथबाट कदापि विचलित हुनु पर्दैन, सर्वत्र सिद्धि र विजय प्राप्ति हुनुका साथै मनोवाञ्छित अनन्त शुभफलहरू प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ। अस्तु।

Oct 10, 2017

शैलपुत्री भगवतीको महिमा



सनातन हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड दसैं नेपाल र नेपालीको  संस्कृति भइसकेको छ । त्यसैले दसैं राष्ट्रिय पर्वको रूपमा मनाइन्छ । आश्विन शुक्ल पक्षको प्रतिपदादेखि हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड नवरात्रि पर्व सुरु हुन्छ । नवरात्रको पहिलो दिन, यस दिन सनातन हिन्दु धर्मावलम्बीहरूले आआफ्नो परम्परा र कुलाचारअनुसार बिहान सबेरै नदीबाट शुद्ध जल ल्याउने गर्दछन् र त्यसपछि घरभित्र कै पूजा कोठामा वा सामूहिक रूपमा देवीघरको स्थापना गरी त्यहाँ कलश स्थापना (घटस्थापना) गरी बलौटे माटोमा जौ छरेर जमरा राखिन्छ । आआफ्नो इष्टदेवीको आराधना गरी पूजाअर्चना गरिन्छ। यस अवसरमा नवदुर्गा भवानीका विभिन्न शक्ति पीठहरूको दर्शन गर्न जाने चलन पनि छ ।

नवरात्रको पहिलो दिन नवदुर्गा भवानी प्रथम स्वरूप शैलपुत्रीका रूपमा प्रकट हुन्छिन् भन्ने विश्वास गरिन्छ। त्यसैले नवरात्रिको पहिलो दिन शैलपुत्री भवानीको स्वरूपको ध्यान गरी पूजाअर्चना गर्ने गरिन्छ । भगवतीको स्तुति गर्दा 'ॐ नमः जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।' आदि स्तुतिको उच्चारण गरिन्छ ।

जगत्पूज्ये जगद्वन्द्ये सर्वशक्तिस्वरूपिणि।
सर्वात्मिकेशि कौमारि जगन्मातर्नमोऽस्तुते।।

ध्यान:-

वन्दे वाञ्छितलाभाय चन्द्रार्द्धकृतशेखराम्।
वृषारूढां शूलधरां शैलपुत्रीं यशस्विनीम्॥
पूणेन्दुनिभां गौरी मूलाधारस्थितां प्रथमदुर्गात्रिनेत्राम्।
पटाम्बरपरिधानां रत्नकिरीटीनां नानालङ्कारभूषिताम्॥
प्रफुल्ल वदनां पल्लवाधरां कान्तकपोलां तुङ्गकुचाम्।
कमनीयां लावण्यां स्मेरमुखीं क्षीणमध्यां नितम्बिनीम्॥


स्तोत्र:-

प्रथमरूपदुर्गाख्ये भवसागरतारिणीम्।
धनैश्वर्यप्रदायिनीं शैलपुत्रीं नमाम्यहम्॥
त्रिलोकजननी त्वं हि परमानन्ददायिनीम्।
सौभाग्यारोग्यदायिनीं शैलपुत्रीं नमाम्यहम्॥
चराचरेश्वरी त्वं हि महामोहविनाशिनीं।
भुक्तिमुक्तिप्रदायिनीं शैलपुत्रीं नमाम्यहम्॥


शैलपुत्री देवीको कवचपाठ -

ॐकारः मे शिर: पातु मूलाधारनिवासिनी।
हींकारः पातु ललाटे बीजरूपा महेश्वरी॥
श्रीकारः पातु वदने लज्जारूपा महेश्वरी।
हूंकारः पातु हृदये तारिणीशक्ति स्वधृता॥
फट्कारः पातुसर्वाङ्गे सर्वसिद्धिफलप्रदा।


प्राचीन ग्रन्थअनुसार जगदम्बा भगवती सत्ययुगमा सतीदेवीको रूपमा दक्ष प्रजापतिको घरमा उत्पन्न भई आफ्ना पिताद्वारा आफ्ना पतिको तिरस्कार र अपमान भएकाले सहन नसकी आत्मदाह गरी पुनः पर्वतराज हिमालय पर्वतकी छोरीका रूपमा पार्वतीका नामबाट जन्मिएकी हुन् । पर्वतलाई शैल भनिने हुनाले तिनै पार्वतीको नाम शैलपुत्री रहन गएको हो । यिनलाई हेमवती पनि भन्ने गरिन्छ । उनको विवाह भगवान् शङ्करसँग भएको थियो । यिनलाई श्रद्धापूर्वक आराधना गर्दा साधकले आफ्नो मनलाई 'मूलाधार' चक्रमा केन्द्रित गरी आह्वान गर्नुपर्छ, यसो गर्दा योगसाधनाको प्रादुर्भाव हुन पुग्छ ।

सप्तशती पाठ विधि

Oct 9, 2017

घटस्थापना : पूजाविधि र शुभसाइत

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । यस पटक २०७५ सालको दुर्गापूजाको पहिलो दिन गरिने मुख्य कृत्यका निमित्त घटस्थापनाको शुभ साइत आगामी असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । घटस्थापनाका दिन दुई महत्वपूर्ण कार्यहरू सम्पन्न हुन्छन्, जसमध्ये पहिलो काम जमरा राख्ने हुन्छ भने अर्को काम घट अर्थात् कलशको स्थापना गरी देवी-देवताको आवाहन गरी नवरात्रीको पूरा अवधिका निमित्त प्रतिष्ठा गर्नु हो ।

नेपाली परिवेशमा सामान्यतया घटस्थापनाका दिन बिहानै झिसमिसेमा उठी नित्यकर्म समापन गरी नदी, खोला, बगर वा आफूलाई पायक पर्ने कुनै पवित्र स्थानमा गई चोखो बालुवा वा पाँच ठाउँको पञ्चमाटो ल्याई दसैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने काम गरिन्छ । जौलाई परापूर्व कालदेखि नै वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । जमरा उमार्न ठिक्क बनाइएको ठाउँ नजिकै पवित्र गङ्गादि तीर्थस्थलको जलले भरिपूर्ण माटोको घडा (कलश) स्थापना गरिन्छ । त्यसरी घडा स्थापना गर्नुपूर्व त्यसको वरिपरि नवरथामा पूजा गरिने नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ । ब्रह्मवैवर्तपुराणमा वर्णन गरिएका विभिन्न दिशाका अधिष्ठातृ देवीहरू हुन् - प्रकति - पूर्व, चण्डिका - आग्नेय, भद्रकाली - दक्षिण, सर्वमङ्गला - वायव्य, वैष्णवी - उत्तर, शिवप्रिया - ईशान, जगदम्बिका - जल, थल र आकाश ।

सनातन धर्मअनुसार घट अर्थात् कलशमा नै सम्पूर्ण देवीदेवता, सप्तसमुद्र, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरूको वास हुन्छ । त्यसैले प्रत्येक शुभकार्यमा कलशको स्थापना र प्रतिष्ठा गर्ने विधान छ । यसबाहेक कलशमा आठ किसिमका मङ्गलसूचक वस्तुहरूको सम्बन्ध हुन्छ । त्यसैले शारदीय नवरात्रीको सुरुमा घट अर्थात कलशको स्थापना गरिएको हो । उक्त घडामा नै समस्त देवीदेवता, तीर्थ, पवित्र नदीहरू, सप्त सागर, सप्त द्वीप आदिसमेतको प्राणप्रतिष्ठा गरी  नियम र विधानको पालना गरीआद्याशक्ति जगन्माताको आराधना प्रारम्भ गर्ने गरिन्छ ।

घटस्थापनाको दिनदेखि नै लगातार नौ दिनसम्म प्रत्येक नेपालीहरूको घरघरमा स्थापना गरिएको दशैं घर, गाउँगाउँमा स्थापना गरिएका दुर्गा पूजा स्थल र परम्परादेखि पूजा गरिंदै आएका देवीदेउराली र शक्तिपीठहरूमा विधिवत पूजाआजा प्रारम्भ हुन्छ । यसरी पूजाआजा गर्दा वैदिक मन्त्रोच्चारणका साथमा दुर्गा भगवतीको आराधना र प्रार्थना गरिनुका साथै शङ्ख, घण्ट, डमरू आदि बाद्यबाजा बजाई श्री दुर्गा सप्तशती (चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत आदि ग्रन्थको पाठ र कथाश्रवण गर्ने प्रचलन छ । पूजाको समाप्तिमा प्रत्येक दिन बलि दिने विधान पनि छ ।

नवरात्रको पहिलो दिन तन्त्रोक्त विधिविधानद्वारा घटस्थापना गरी जमरा राखी आआफ्नो कुलाचारअनुसार इष्टदेवीको आह्वान गरी पूजाअर्चना गर्ने साधकबाहेक भगवतीलाई श्रद्धापूर्वक पूजा गरी घटस्थापना गर्न इच्छुक तर विधिविधान राम्ररी नजानेका सर्वसाधारण सबै भक्तजनले समेत श्रद्धापूर्वक सुरुमा सङ्कल्प गरी तलको विधि अनुसरण गरी घटस्थापना गर्दा मनोवाञ्छित फल प्राप्त भई कल्याण हुने विश्वास गरिन्छ ।

घरमा वा दशैं घरमा जगन्माताको प्राणप्रतिष्ठा गरी पूजाको थालनी गरेपछि उपासकले अन्य देवीस्थान, वा शक्तिपीठमा गई देवीदेवताहरूको पूजा-उपासना, प्रार्थना र दर्शनका निमित्त गइरहनु आवश्यक छैन ।


घटस्थापनाको विधान :-

१) प्रातःकालमा उठी स्नानशौचादि नित्यकर्मबाट निवृत्त भई आँफूले सम्पादन गर्दै आएको नित्यपूजाध्यानादि समेत समापन गरी माटोको घैंटोमा गङ्गाजल, मृत्तिका (माटो), पञ्चपल्लव, पञ्चरत्नको धूलो, सर्वौषधि आदि शुद्ध पदार्थहरू राखी नदीको शुद्ध जलले पूर्ण तुल्याई सुकुन्दा वा दियो बाली पूर्वाभिमुख भई घटस्थापना गर्नुपर्दछ र त्यसको वरिपरि बलौटे पाङ्गो माटोको वेदी बनाई त्यस वेदीमा जौ छरेर जमरा राख्नुपर्छ, कतिपय पद्धतिमा जौसँगै सप्तधान्य मिसाएर जमरा छर्ने चलन समेत छ । कलश स्थापना गरी जौ छरिसकेपछि बलेको दियोमा श्रीगणेश र सूर्यनारायणलाई सम्झेर पूजा गर्नुपर्छ ।

२) पूजाविधि : दाहिने हातमा कुश तीन टुक्रालाई बाँधिएको (त्रिकुशा), जल, फूल, चन्दन, अक्षता, जौ, तील, अबिरसमेत लिएर पूर्व फर्केर मन्त्र पढ्दै आफ्ना इष्टदेव र कुलदेवतालाई सम्झेर आह्वान गरी घटस्थापना गरी जमरा छरेको वेदीमा सङ्कल्प गर्नुपर्छ र कुश, तील, जौ, फूल, अक्षता आदिसमेत त्यहीं छरिदिनुपर्छ । त्यसपछि आफ्ना इष्टदेव र कुलायनको श्रद्धापूर्वक पूजा-अर्चना गर्नुपर्छ र यस दिन दुर्गापूजाको पहिलो दिन भएकाले आद्याशक्ति जगन्माता भगवती दुर्गाको प्रथम स्वरूप शैलपुत्री भगवतीको विशेष पूजा गर्नुपर्छ । शरद्कालीन नवरात्रि पर्वको विशेष महापूजाअन्तर्गत पूजाअर्चना गर्दा क्रमशः देवीलाई शुद्ध जलले स्नान गराउनु पर्छ, पहेंलो चन्दन, देवीको प्रिय रक्तचन्दन, अबिर, सिन्दूरको तिलक, जौ, तील, अक्षता आदि चढाउनु पर्छ । त्यसपछि भगवतीका प्रिय मानिने राता रङ्गका विभिन्न जातका वासनायुक्त  फूलका साथै अन्य रङ्गका फूलले देवीलाई सिंगार्नु पर्दछ र श्रृङ्गारका सामाग्रीहरू अर्पण गर्नुपर्दछ । अन्त्यमा फूलको माला र रातो बस्त्र पहिराउनु पर्छ, सुगन्धित धूप र गोकुल धूप सल्काएर कपुरबात्तीले आरती गरिदिनु पर्छ र थरीथरीका मीठाइ (नैवेद्य), फलफूल, खाने मसला, दही, पान र अन्य भोज्यपदार्थ भगवती दुर्गालाई समर्पण गर्नुपर्छ । त्यसपछि दक्षिणा (द्रव्य) चढाएर हर्षोल्लासपूर्वक शङ्ख, घण्टा, डमरु बजाउनुका साथै चमर डोलाउनु पर्दछ । देवीको आरतीका क्रममा घिउ वा सूर्यमुखी तेलको वर्तन राखी आरती गर्नुपर्छ र पूजाको समापनमा क्षमा प्रार्थना गर्दै स्तुतिपूर्वक पूजा विसर्जन गर्नुपर्छ ।

श्रद्धापूर्वक नवरात्रका सबै पावन तिथिहरूमा यथाशक्य विधिविधानले पूजाअर्चना गरेमा दुर्गाभवानी प्रसन्न भई साधकले शास्त्रमा उल्लेखभए बमोजिम शास्त्रीय फल प्राप्त गर्दछ भन्ने विश्वास छ । भगवतीको पूजाअर्चना गरेर श्री दुर्गा सप्तशती चण्डीको श्रद्धापूर्वक पाठ गरेमा अझ बढी फल प्राप्त हुन्छ ।

Oct 7, 2017

दशैंको शुभसाइत कुन देशमा कुन समयमा ?

टीका लगाउँदा दिने आशीष यस्तो छ :-

आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे॥

शुभसाइतमा टीका लगाउन जम्मा भएकामध्ये कसले पहिले टीका लगाउने र थाप्ने भन्ने प्रश्न उठ्नसक्छ । सबैलाई आफुले शुभसाइतको टीका थाप्ने चाहना हुन सक्छ, तर त्यसो होइन तपाईं जहाँ हुनुहुन्छ, त्यहाँ भेला हुनुभएका नातेदारमध्ये सबैभन्दा ज्येष्ठ र मान्य व्यक्तित्वले टीका लगाइदिने हो र त्यहाँ उपस्थित आफ्ना कुलपरम्परा र रीतिबमोजिमको ज्येष्ठ सदस्यलाई शुभसाइतमा टीका लगाइदिनु नै शुभसाइत हो । अन्य कनिष्ठ जनका लागि पनि त्यही साइत लागु भएको मानिन्छ । एक पटक टीका थापे पछि त्यसपछि सबै शुभै शुभ हुन्छ । स्थानअनुसार टीका लगाइदिने व्यक्ति दक्षिणाभिमुख भई (दक्षिणतर्फ फर्की अर्थात् सम्मुख चन्द्रमा बनाई) तथा टीका थाप्ने व्यक्तिले पूर्वाभिमुख भई (पूर्व फर्की) अथवा दाहिने चन्द्रमा पारी टीका लगाउनु पर्दछ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले बडा दशैंको टीकाको साइत सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार विभिन्न मुलुकमा रहेका नेपालीहरुका लागि टिकाको साइतको समय फरक फरक रहेको छ ।  
अन्तर्राष्ट्रिय समितिले गरेको पछिल्लो निर्णयअनुसार न्यूजिल्याण्डमा ८ तारेख (असोज २१ गते) बिहान ९:११ बजे, साउदी अरेबियामा सोही दिन बिहान ९:३५ बजे, हङकङमा सोही दिन १०:१ बजे, सिंगापुरमा १०:२१ बजे, इजरायलमा १०:४५ बजे, दक्षिण कोरियामा १०:४१ बजे, थाइल्याण्डमा ९:४५ बजे, कतारमा १०:१६ बजे, अबुधावीमा १०:१ बजे , मलेसियामा १०:२१ बजे र पोर्चुगलमा ९:११ बजेको समय निर्धारण गरिएको छ ।  
यसअघि पञ्चाङ्ग निर्णायक समितिले काठमाडौंमा सन् २०१९ को अक्टोबर ८ (असोज २१ गते) बिहान १०:३५ बजे टीकाको साइत भएको सार्वजनिक गरिसकेको छ ।



Oct 6, 2017

नवरात्रीमा कस्ती कन्याको पूजा गरेमा केकस्तो फल पाइन्छ ? (नवकन्या पूजन पद्धति) Nava Kanya Pujan Bidhi

नवरात्रीमा कस्ती कन्याको पूजा गरेमा केकस्तो फल पाइन्छ ? (नवकन्या पूजन पद्धति) Nava Kanya Pujan Bidhi


पहिलो दिन : नौरथाको पहिलो दिन दुई वर्षकी कन्याको पूजा गर्नुपर्छ । दुई वर्षकी कन्यालाई कुमारी मानिएको छ यस्ती कन्याको पूजा गर्नाले दुःख र दरिद्रता हट्तछ, शत्रु नाश हुन्छन्, धनधान्य, आयु र बल वृद्धि हुने शास्त्रीय मान्यता छ ।

दोस्रो दिन : नौरथाको दोस्रो दिन अर्थात् द्वितीयाका दिन तीन वर्षकी कन्याको पूजा गरिन्छ । तीन वर्षकी कन्यालाई त्रिमूर्ति स्वरूपा भगवतीको रूप मानिएको छ । यस्ती कन्याको पूजा गर्नाले धनसम्पत्ति, सन्तान एवं बुद्धि प्राप्त हुन्छ । 

तेस्रो दिन : तेस्रो दिन अर्थात् तृतीया तिथिका दिन चार वर्षकी कन्याको पूजन गर्नु पर्दछ । यस्ती कन्याको कुमारीको स्वरूप मानिएको छ । यिनको पूजा गर्नाले आँटेको काममा विजय हुन्छ एवं मनोकामना पूर्ण हुन्छ ।
चौथो दिन : चौथो दिन अर्थात् चतुर्थीका दिन पाँच वर्षकी कन्याको पूजा गरिन्छ । यी कन्यालाई रोहिणी स्वरूपा भगवतीको रूपमा पूजा गर्ने चलन छ । यिनको पूजा गर्नाले रोग नाश भई आरोग्यता प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

पाँचौ दिन : नवरथाको पाँचौं दिन अर्थात् पञ्चमीका दिन कालरात्री स्वरूप मानेर छ वर्षकी कन्याको पूजा गरिन्छ । यिनको पूजन गर्नाले शत्रु नाश तथा शत्रु भय नाश हुने विश्वास गरिन्छ ।

छैटौं दिन : नौरथाको छैटौं दिन सात वर्षकी कन्यालाई चण्डिकाको रूप मानेर पूजा गर्ने चलन रहेको छ । विशेष गरी चण्डिकाको साधना धनधान्य, सम्पत्ति एवं ऐश्वर्य प्राप्तिका लागि गरिन्छ ।

सातौं दिन : सातौं दिन आठ वर्षकी कन्यालाई शाम्भवी स्वरूपा भगवतीको प्रतीक मानेर पूजा गर्ने चलन छ । शाम्भवीको पूजा गर्नाले आर्थिक पक्षका समस्या हल हुन्छन्, अनि मुद्दामामिला र वादविवादमा पनि विजय हुन्छ भन्ने विश्वास गरिन्छ ।

आठौं दिन : नौरथाको आठौं दिन पूजा गरिने नौ वर्षिया बालिकालाई माता दुर्गाको स्वरूप मानिन्छ । दुर्गा साधनाबाट कठिन कार्यमा पनि सफलता मिल्छ, शत्रु नाश हुन्छन् र मोक्ष प्राप्ति हुन्छ ।

नवौं दिन : नवौं दिन दश वर्षकी कन्यालाई सुभद्राको रूपमा पूजा गर्नुपर्छ । यसो गर्नाले सम्पूर्ण मनोकामना पूर्ण हुन्छन् भनिएको छ ।