Nov 7, 2017

आफैं गर्नुहोस् लक्ष्मी पूजा : अब बाहुन चाहिंदैन (Lakshmi Pooja Saral Bidhi)



गाई तिहारे औंसीका दिन प्रातःकालमा नित्यकर्मबाट निवृत्त भई नित्यपूजादिक कर्म गरी गाईको गोबरले वा सिमेन्टको घर छ भने नुन मिसाई लिपपोत र सरसफाइ गरी दिनभरि निराहार बसी व्रत लिनु पर्छ । सायंकालमा पुनः स्नानादि गरी शरीर शुद्ध बनाई, शुद्ध वस्त्र पहिरिएर घर, कोठा, चोटा, आँगन र बाटोमा समेत दियो, बत्ती र मोमबत्ती आदि बाली पूजाकोठामा आई अर्घ्यादि आफ्नो सामर्थ्यअनुसार पूजासामाग्री तैयार गर्नुपर्दछ । लक्ष्मीपूजामा माता लक्ष्मीका लागि प्रिय मानिएका केही वस्तुहरूको जोहो गर्नुपर्दछ भन्ने गरिन्छ, जस्तै :- लाजा, मिठाइ, रातो सारी, रातो चुनरी, रातो पूजा कपडा (कम्तीमा दुई पिस), श्रृङ्गारको सामान, चन्दन, सिन्दूर, कुमकुम, सुपारी, पान, थुङे फूलसमेत अन्य रङ्गीबिरङ्गी फूलहरू, दुबो, चामल, ल्वाङ, सुकुमेल, केशरी, कपूर, बेसार, चुना, सुगन्धित द्रव्य, धुप, बाती, अगरबत्ती, नरिवल वा श्रीफल, बयर, अनार, अक्षता, अर्घ्य, पञ्चामृत, गङ्गाजल, सुन, चाँदी वा तामाको दियो (तीन वटा), माटाको दियो १२ वटा, गाईको शुद्ध घिउ, काँचो बेसार, बेलपत्र, ऊन, गाईको गोबर, भोजपत्र, कमलको दाना (कमलगट्टा), कौडा, शङ्ख, श्रृङ्गारसामाग्री आदि ।

पूजामण्डपको सजावट
सबैभन्दा पहिले पूजास्थलको ईशान (पूर्व र उत्तरको कुना) कोणमा एउटा सानो कलश, त्यसकै दाहिने भाग अर्थात् पूजास्थलको पूर्वभागमा एउटा सानो दियो र त्यसभन्दा दाहिने भागमा जटासहितको नरिवललाई रातो कपडाले बेरेर श्रीगणेशको स्थापना गर्नु पर्दछ । पूजास्थलको मध्यभागमा अष्टबल्ली रचना गरी (रेखी हाली) त्यसमाथि एक पाथी (साढे दुई किलो) जति धान, धानमाथि टपरीमा चामल र त्यसमाथि एउटा घडा वा कलश राखी त्यसमाथि अष्टदल कमलको रचना गरिएको थालीमा लक्ष्मीको प्रतिमा राख्नुपर्छ । पूजा स्थलको दाहिने भागमा दक्षिणतर्फ एउटा नयाँ पिर्कामा रातो रेशमी कपडा ओछ्याएर त्यसमा पूर्वपट्टि कुबेर, बीचमा  ऐरावत हात्तीसहितका  इन्द्र र पश्चिमी भागमा सरस्वतीको प्रतिमा स्थापना गरी सरस्वतीका अगाडि  पुस्तक, कापी र मसीदानी राख्नुपर्छ । देवताको प्रतिमा बनाएको छैन भने बेग्लाबेग्लै सुपारी राखेर वा चित्र वा फोटो राखेर पनि पूजा गर्न सकिन्छ । मूलप्रतिमाको अघिल्तिर एउटा नयाँ भाँडो वा खडकुलोमा चामल भरेर राखिदिनु पर्छ । उक्त खडकुलो वा भाँडोमा श्रीसम्पत्ति (घरमा रहेका नगद र गहनागुरिया) राख्न सकिन्छ । खडकुलोको देब्रेभागमा मानो, पाथी, ढक, तराजु, तुलो राख्ने चलन छ । दुबै कलशलाई शुद्ध जलले भरिपूर्ण बनाई कलशको मुखमा आँप, बर, पीपल, शमी र डुमरीका पात राखी ईशान कुनामा रहेको कलशमा चाहिं रातो वस्त्रले बेरेर एउटा नरिवल पनि राखिदिनु पर्छ । खडकुलो वा भाँडोको अग्रभागमा तीन वटा पूजाका थाली राख्नु पर्छ । तीमध्ये पहिलो थालीमा माटाका एघार वटा दिया, दोस्रो थालीमा लाजा, मिठाइ, रातो पूजाकपडा, श्रृङ्गारको सामान, चन्दन, सिन्दूर, कुमकुम, सुपारी, पान र तेस्रो थालीमा तीन वटा थुङे फूल, दुबो, चामल, ल्वाङ, सुकुमेल, केशरी, कपूर, बेसार, चुना, सुगन्धित द्रव्य, धुप, बाती, अगरबत्ती र एउटा माटोको दियो राख्नुपर्छ । त्यसको सामुमा रातो रुमाल ओछ्याएर त्यसमा देब्रेपट्टि चामलका नौ वटा थुप्रा र दाहिनेपट्टि चामलका सोह्र वटा थुप्रा बनाउनु पर्दछ । नौवटा थुप्राले नवग्रह र सोह्रवटा थुप्राले षोडश मातृकाको सङ्केत गर्दछ । नवग्रह र षोडश मातृकाको बीचमा स्वस्तिक चिह्न बनाउनु पर्दछ र त्यसको बीचमा एउटा सुपारी राखिदिनु पर्दछ । पूजामा धातुबाट बनेको तीन वटा दियो चाहिन्छ, तीमध्ये दुई वटा अलि ठूला र एउटा सानो भए हुन्छ । ईशान कलश र गणेशको बीचभागमा सानो दियो र लक्ष्मीघडाको दायाँ र बायाँ भागमा ठूला दुई वटा दियाहरू स्थापना गर्नु पर्दछ । ती ठूला दियाहरूमा देब्रेपट्टि घिउको र दाहिनेपट्टि तेलको वर्तन चलाउने गरिन्छ । यसरी पूजास्थलको संरचना तैयार भएपछि चारै कुना बाँध्न चारै दिशामा एकएक मुठी चामलको थुप्रो र त्यसमाथि एक/एक वटा सुपारी राख्नुपर्छ । यजमानले पूजा गर्न बस्दा पूर्व वा उत्तर फर्केर बस्न मिल्ने गरी पूजास्थल तैयार गर्नुपर्दछ र हातले सजिलै भेट्ने गरी माथि उल्लेख गरिएका पूजासामाग्री मिलाएर राख्नु पर्दछ ।

लक्ष्मी पूजा विधि :-
पूजास्थलमा भुइँको पूजा गरी आसन ग्रहण गर्नु । भुइँलाई नमस्कार गर्ने मन्त्र :-
ॐ पृथ्वी त्वया धृता लोका देवि त्वं विष्णुना धृता । त्वं च धारय मां देवि पवित्रं कुरु चासनम्‌ ॥
ॐ पृथिव्यै नमः आधारशक्तये नमः ।।

आसनमा बसेपछि शरीर शुद्धिका लागि पञ्चपात्रोमा राखिएको पानीले आचमनी गर्नु । फुल, चम्चा वा आचमनीको माध्यमले मुखमा पानी हाल्नु र भन्नु -
ॐ केशवाय नमः ॥
फेरि अर्को पटक मुखमा पानी हाल्नु र भन्नु -
ॐ नारायणाय नमः ॥
त्यसरी नै तेस्रो पटक मुखमा पानी हाल्नु र भन्नु  -
ॐ वासुदेवाय नमः ॥
अन्तिममा शुद्ध जलले ॐ हृषिकेशाय नमः  भन्दै हात पखाल्नु ।

त्यसपछि एउटा तामा वा काँसको कचौरामा पानी, कुशका टुक्रा, जौ, तिल, अक्षता, फूल, चन्दन र चानचुने पैसा राखेर तिलानी बनाउनु पर्दछ । तिलानीमा रहेको पानीले पूजास्थलको चारैतिर र आफूलाई समेत छर्कंदै तलको मन्त्र उच्चारण गर्नु पर्दछ -
ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपि वा । यः स्मरेत्पुण्डरीकाक्षं स बाह्याभ्यन्तरः शुचिः ॥

त्यसपछि आफ्नो नामगोत्र, समय, स्थान आदिको उच्चारणका साथमा 'ॐ विष्णुः विष्णुः विष्णुः अद्य अमुकोऽहं मम विविध मनोऽभीष्टफलावाप्तये सुखरात्र्यां यथा मिलितोपचारैः श्रीमहालक्ष्म्याः पूजनमहं करिष्ये' भनी सङ्कल्प गर्नुपर्छ । सङ्कल्पपछि घडापछाडिको (पूर्व दिशामा रहेको ) दियो बाल्नु पर्छ र त्यसमा पञ्चोपचार (क्रमशः आसन, पाद्यजल, चन्दन, अक्षता र फूल चढाएर गरिने पूजा) पद्धतिले पूजा गरी तलको मन्त्र पढ्नु पर्छ :-
दीपो ज्योति परं ब्रह्म दीपो ज्योति जनार्दनः । दीपं हरतु मे पापं पूजादीप ! नमोऽस्तुते ।।
शुभं भवतु कल्याणं आरोग्यं सुख सम्पदाम् । मम बुद्धिप्रकाशाय दीपज्योतिर्नमोस्तुते ।।
कर्मसाक्षिणे दीपनारायणाय नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।

त्यसपछि लक्ष्मीको दाहिने र देब्रेतिर भएका दियाहरू र पूजा थालीमा भएका सबै दियfहरू पनि बाल्ने र माथिकै मन्त्र पढी पूजा गरिदिने ।

त्यसपछि कलशको पूजा गर्नुपर्छ । कलशको सिङारपेटार गरी त्यसमा गङ्गाजल मिसाएर पूजा समस्त तीर्थको आवाहन गरी पूजा गर्ने, मन्त्र यस प्रकार छ :-
कलशस्य मुखे विष्णुः कण्ठे रुद्रसमाश्रितः । मूले तस्य स्थितो ब्रह्मा मध्ये मातृगणास्मृताः ॥
कुक्षौ तु सागराः सर्वे सप्त द्विपा वसुन्धरा । ऋग्वेदोऽपि यजुर्वेद: सामवेदो ह्यथर्वणः ॥
अङ्गैश्चसहिताः सर्वे कलशाम्बुसमाश्रिताः । अत्र गायत्री सावित्री शान्तिः पुष्टिकरी तथा ॥
आयान्तु देव पूजार्थं दुरितक्षयकारकाः । सर्वे समुद्राः सारिताः तीर्थानि जलदानदाः ॥
गङ्गे च यमुने चैव गोदावरी सरस्वती । नर्मदे सिन्धु कावेरी जलेस्मिन् सन्निधिं कुरु ॥
गण्डकी कौशिकी चैव गोदावरी च वाग्मती । वेत्रावती नारायणी त्रिशूली कनके तथा॥
महाकाली कमले चैव भेरी कर्णाली गोमती । आयान्तु लक्ष्मीपूजार्थं जलेस्मिन् सन्निधिं कुरु ॥
नमामि कौशिकी गङ्गा स्मरामि कौशिकीं सदा । वदामि कौशिकीं नित्यं पापमोक्षप्रदायिनीम्॥
गङ्गादि सर्वतीर्थेभ्यो नमः ॥ कलश पूजां समर्पयामि॥

अब गणेशको पूजाआजा गरिदिनु पर्छ, सबैभन्दा पहिले पूजास्थलको आग्नेयभागमा स्थापना गरिएका गणेशको आवाहन गर्नुपर्छ, कुसको टुक्रो आसनका रूपमा राखिदिनु पर्छ र तलको मन्त्र पढी पञ्चोपचारकै प्रयोग गरी पूजा गर्नुपर्छ -
वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभः । निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ॥
ऋद्धिबुद्धिसहिताय श्रीमन्महागणाधिपतये नमः, गन्धाक्षतपुष्पाणि समर्पयामि ॥

त्यसपछि पूजास्थलको दक्षिणमा पिर्कामा राखिएका प्रतिमामध्ये कुबेरको प्रतिमालाई  आवाहन गरी पूजा गर्नुपर्दछ :-
सुखरात्र्यां प्रदोषे च कुवेरं पूजयन्ती वै । धनदाय नमस्तुभ्यं निधिपद्माधिपाय च ।
भवन्तु त्वत् प्रसादान् मे धनधान्यादिसम्पदः । वैश्रवणाय कुबेराय नमः । पूजां समर्पयामि ।

अब त्यसरी नै इन्द्रको पूजा गर्नुपर्दछ :-
ऐरावतसमारूढो वज्रपाणिः पुरन्दरः । शचीपतिश्च ध्यातव्यो नानाभरणभूषितः ।
विचित्रैरावतस्थाय भास्वत्कुलिशपाणये । पौलोम्यालिङ्गिलाङ्गाय सहस्राक्षाय ते नमः ।।
शचिपतये इन्द्राय नमः । पूजां समर्पयामि ।

त्यसपछि सरस्वतीको आवाहन, ध्यानादि गरी पूजा गर्नुपर्छ :-
सरस्वती महाभागे विद्ये कमललोचने । विद्यारूपे विशालाक्षिं विद्यां देही नमोस्तु ते ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माच्युत शङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥
ॐ वीणापुस्तकधारिण्यै सरस्वत्यै नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ॥

अब मूल घडामा स्थापना गरिएकी महालक्ष्मीको प्रतिमाको पूजा गर्नु पर्छ । सुरुमा प्राण प्रतिष्ठा गर्नुपर्छ । प्राणप्रतिष्ठा गर्नु भनेको भौतिक प्रतिमा वा फोटोमा पूजाको अवधिभरि आएर बसिदिन देवताको प्राण भर्ने काम हो । तलको मन्त्र पढी प्राणप्रतिष्ठा गर्नू -
ॐ मनोजूतिर्जुषतामाज्यस्य बृहस्पतिर्यज्ञमिमन्तनोत्वरिष्टंयज्ञ गुँ समिमन्दधातु । विश्वेदेवासऽइहमादयन्तामों२म्प्रतिष्ठ ।।
ॐ अस्यै प्राणा: प्रतिष्ठन्तु अस्यै प्राणा: क्षरन्तु च अस्यै देवत्वं अर्चायै माम्महेति च कश्चन ॥
यति भनेर प्रतिमामा तीनपल्ट फुकिदिनु पर्छ ।

त्यसपछि उक्त प्रतिमामा देवत्व प्राप्त भयो भन्ने ठानी हातमा एउटा नरिवल र फूल लिएर आँखा चिम्ली लक्ष्मीको ध्यान गर्नुपर्छ । ध्यान गर्दा यो मन्त्रको उच्चारण गरिन्छ :-
ॐ या सा पद्मासनस्था विपुलकटितटी पद्मपत्रायताक्षी गम्भीरा वर्तनाभि: स्तनभरनमिता शुभ्रवस्त्रोत्तरीया ।
या लक्ष्मीर्दिव्यरूपै: मणिगण खचितै: स्नापिता हेमकुम्भै: सा नित्यं पद्महस्ता मम वसतु गृहे सर्व माङ्गल्ययुक्ता ॥
ॐ हिरण्यवर्णां हरिणीं सुवर्णरजतस्रजाम् । चन्द्रां हिरण्यमयीं लक्ष्मीं जातवेदो म आवह।।
ॐ महालक्ष्म्यै नम: । ध्यानं समर्पयामि । ध्यानार्थे पुष्पाणि समर्पयामि ॥

हातमा लिएको फूल र नरिवल लक्ष्मीको प्रतिमामा चढाएर दुबै हात माथि उचाली जगज्जननी माता लक्ष्मीलाई उक्त प्रतिमामा आएर बसिदिन आवाहन गर्नुपर्दछ । मन्त्र यस प्रकार छ :-
सर्व लोकस्य जननीम्‌ सर्व सौख्य प्रदायिनीम्‌ । सर्व देवमयीमीशां देवीम्‌  आवाहयाम्यहं ।।
तां म आवह जातवेदो, लक्ष्मीमनपगामिनीम् । यस्यां हिरण्यं विन्देयं, गामश्वं पुरूषानहम्।।
ॐ महालक्ष्म्यै नम: । महालक्ष्मीम्‌ आवाहयामि, आवाहनार्थे पुष्पं समर्पयामि  ।।

अब कुशको टुक्रो हातमा लिई लक्ष्मीलाई आसन राखिदिनु पर्छ, मन्त्र यस प्रकार छ :-
तप्त काञ्चन वर्णाभं मुक्तामणि विराजितम् । अमलं कमलं दिव्यं आसनं प्रतिगृह्यतां ।।
अश्वपूर्वां रथमध्यां हस्तिनादप्रमोदिनीम् । श्रियं देवीमुपह्वये श्रीर्मा देवी जुषताम् ।।
ॐ महालक्ष्म्यै नम: । आसनं समर्पयामि ।।

पञ्चपालमा ठिक्क पारेको शुद्धजल लिई तलको मन्त्र पढी पाद्यजल (गोडा धुने पानी) चढाउनु पर्छ :-
गङ्गादि तीर्थ संभूतं गंध पुष्पादिभि: युतम् । पाद्यं ददामि अहं देवि गृहाणाशु नमोस्तु ते ।।
ॐ महालक्ष्म्यै नम: । पादयो: पाद्यं समर्पयामि ।।

अब अर्घ्य चढाउनु पर्छ :-
अष्टगन्ध समायुक्तं स्वर्ण पात्र प्रपूरितम् । अर्घ्यं गृहाण मद्दत्तं महालक्ष्मि ! नमोस्तु ते ।।
चन्द्रां प्रभासां यशसा ज्वलन्तीं श्रियं लोके देव-जुष्टामुदाराम् ।
तां पद्म-नेमिं शरणमहं प्रपद्ये अलक्ष्मीर्मे नश्यतां त्वां वृणोमि ।।
ॐ महालक्ष्म्यै नम: । हस्तयोरर्घ्यं समर्पयामि ।।

अब पुनः शुद्धजल अर्पण गर्नुपर्छ :-
सर्व लोकस्य या शक्ति: ब्रह्म विष्ण्वादिभि: स्तुता । ददामि आचमनं तस्यै महालक्ष्मै मनोहरं ।।
आदित्य-वर्णे तपसोऽधिजातो वनस्पतिस्तव वृक्षोऽक्ष बिल्वः।
तस्य फलानि तपसा नुदन्तु मायान्तरायाश्च बाह्या अलक्ष्मीः।।
ॐ महालक्ष्म्यै नम: । आचमनार्थे कर्पुर वासितं तोयं समर्पयामि ।।

पुनः स्नानका लागि शुद्ध जल चढाउनु पर्छ :-
ॐ मंदाकिन्या: समानीतै: हेमाम्भो: उहवासितै: । स्नानं कुरुष्व देवेशि सलिलै: च सुगन्धिभि:।।
ॐ महालक्ष्म्यै नम: | जल स्नानं समर्पयामि ।। स्नानान्ते आचमनार्थं जलं समर्पयामि ।

अब दूधले स्नान गराउनु पर्दछ
कामधेनुसमुत्पन्नं सर्वेषां जीवनं परम् । पावनं यज्ञहेतुश्च पय: स्नानार्थमर्पितम् ॥
ॐ पय: पृथिव्यां पय ओषधीषु पयो दिव्यन्तरिक्षे पयो धा: । पयस्वती: प्रदिश: सन्तु मह्यम्॥ 
ॐ महालक्ष्म्यै नम:। पय:स्नानं समर्पयामि। पय:स्नानान्ते शुद्धोदकस्नानण समर्पयामि। 

अब दहीले स्नान गराउनु पर्दछ 
यसस्तु समुद्भूतं मधुराम्लं शशिप्रभम् । दध्यानीतं मया देवि स्नानार्थं प्रतिगृह्यताम् ॥ 
ॐ दधिक्राव्णो अकारिषं जिष्णोरश्वस्य वाजिन: सुरभि नो मुखा करत्प्र ण आयू गुँ षि तारिषत्।
ॐ महालक्ष्म्यै नम:। दधिस्नानं समर्पयामि। दधिस्नानान्ते शुद्धोदकस्नानं समर्पयामि।

अब घिउले स्नान गराउनु पर्दछ 
नवनीत समुत्पन्नं सर्वसंतोषकारकम् । घृतं तुभ्यं प्रदास्यामि स्नानार्थं प्रतिगृह्यताम् ॥
ॐ घृतं घृतपावान: पिबत वसां वसापावान: पिबतान्तरिक्षस्य हविरसि स्वाहा।
दिश: प्रदिश आदिशो विदिश उद्दिशो दिग्भ्य: स्वाहा॥ 
ॐ महालक्ष्म्यै नम:। घृतस्नानं समर्पयामि। घृतस्नानान्ते शुद्धोदकस्नानं समर्पयामि।

अब महले स्नान गराउनु पर्दछ
तरुपुष्पसमुद्भूतं सुस्वादु मधुरं मधु । तेज:पुष्टिकरं दिव्यं स्नानार्थं प्रतिगृह्यताम् ॥
ॐ मधु वाता ऋतायते मधु क्षरन्ति मधुमत्पार्थिव‍ गुँ रज:। मधु द्यौरस्तु न: पिता॥
मधुमान्नो वनस्पतिर्मधुमाँ२ अस्तु सूर्य:। माध्वीर्गावो भवन्तु न:॥
ॐ महालक्ष्म्यै नम:। मधुस्नानं समर्पयामि। मधुस्नानान्ते शुद्धोदकस्नानं समर्पयामि।

अब सक्खर वा चिनीले स्नान गराउनु पर्दछ
इक्षुसारसमुद्भूता शर्करा पुष्टिकारिका । मलापहारिका दिव्या स्नानार्थं प्रतिगृह्यताम् ॥
ॐ अपा‌ गुँ रसमुद्वयस‍ गुँ  सूर्ये सन्त‍ गुँ  समाहितम्। अपा गुँ रसस्य यो रसस्तं वो गृह्णाम्यत्तममुपयामगृहीतोऽसीन्द्राय त्वा जुष्टं गृह्णाम्येष ते योनिरिन्द्राय त्वा जुष्टताम् ॥
ॐ महालक्ष्म्यै नम:। शर्करास्नानं समर्पयामि, शर्करास्नानान्ते पुन: शुद्धोदकस्नानं समर्पयामि। 

त्यसपछि पञ्चामृत अर्पण गर्नुपर्छ :-
ॐ पयोदधिघृतं चैव मधुशर्करयान्वितम्म् । पञ्चामृतेन स्नपनं प्रीयतां परमेश्वरि ।।
ॐ पञ्च नद्य: सरस्वतीमपि यन्ति सस्रोतस:। सरस्वती तु पञ्चधा सो देशेऽभवत् सरित्॥
ॐ महालक्ष्म्यै नम:। पञ्चामृतस्नानं समर्पयामि, पञ्चामृतस्नानान्ते शुद्धोदकस्नानं समर्पयामि।
ॐ महालक्ष्म्यै नम: । पञ्चामृतस्नानं समर्पयामि ।।

अब चन्दन मिसाइएको जल (गन्धोदक) ले स्नान गराउनु पर्दछ
मलयाचलसम्भूतं चन्दनागरुसम्भवम् । चन्दनं देवदेवेशि स्नानार्थं प्रतिगृह्यताम् ॥
ॐ महालक्ष्म्यै नं:। गन्धोदकस्नानं समर्पयामि।

अब फेरि शुद्ध जल चढाउनुहवस्
मन्दाकिन्यास्तु यद्वारि सर्वपापहरं शुभम्। तदिदं कल्पितं तुभ्यं स्नानार्थं प्रतिगृह्यताम्॥
ॐ महालक्ष्म्यै नम:। शुद्धोदकस्नानं समर्पयामि। 

अब माता लक्ष्मीलाई रातो सारी वा कुनै रातो वस्त्र समर्पण गर्नुहोस्
दिव्याम्बरं नूतनं हि क्षौमं त्वतिमनोहरम्। दीयमानं मया देवि गृहाण जगदम्बिके॥
ॐ उपैतु मां देवसख: कीर्तिश्च मणिना सह । प्रादुर्भूतोऽस्मि राष्ट्रेऽस्मिन् कीर्तिमृद्धिं ददातु मे ॥
ॐ महालक्ष्म्यै नम:। वस्त्रं समर्पयामि, आचमनीयं जलं च समर्पयामि। 

अब महालक्ष्मीलाई ओढ्ने, पछ्यौरा वा चुनरी चढाउनुहवस्
कञ्चुकीमुपवस्त्रं च नानारत्नै: समन्वितम्। गृहाण त्वं मया दत्तं मङ्गले जगदीश्वरि॥
ॐ महालक्ष्म्यै नम:। उपवस्त्रं समर्पयामि, आचमनीयं जलं च समर्पयामि।

अब काँसको थाली वा कचौरामा राखेर मधुपर्क (दही, घिउ र महमिश्रित जल) चढाउनु पर्दछ
कांस्ये कांस्यने पिहितो दधिमध्वाज्यसंयुत: । मधुपर्को मयानीत: पूजार्थं प्रतिगृह्यताम् ॥
ॐ महालक्ष्म्यै नम:। मधुपर्कं समर्पयामि, आचमनीयं जलं च समर्पयामि।

अब श्रृङ्गारका सामाग्री चढाउनु पर्दछ 
रत्नकङ्कणवैदूर्यमुक्ताहारादिकानि च। सुप्रसन्नेन मनसा दत्तानि स्वीकुरुष्व भो:॥ 
ॐ क्षुत्पिपासामलां ज्येष्ठामलक्ष्मीं नाशयाम्यहम्। अभूतिमसमृद्धिं च सर्वां निर्णुद मे गृहात्॥ 
ॐ महालक्ष्म्यै नम:। नानाविधानि कुण्डलकटकादीनि आभूषणानि समर्पयामि। 

अब फूल चढाउएर हात जोड्नुहवस्
रत्नकङ्कणवैदूर्यमुक्ताहारादिकानि च। सुप्रसन्नेन मनसा दत्तानि स्वीकुरुष्व भो:॥ 

अब चन्दन चढाउनु पर्दछ
श्रीखण्डं चन्दनं दिव्यं गन्धाढ्यं सुमनोहरम्। विलेपनं सुरश्रेष्ठे चन्दनं प्रतिगृह्यताम्॥ 
ॐ गन्धद्वारां दुराधर्षां नित्यपुष्टां करीषिणीम्। ईश्वरीं सर्वभूतानां तामिहोप ह्वये श्रियम्॥ 
ॐ महालक्ष्म्यै नम:। गन्धं समर्पयामि। 

अब रक्तचन्दन चढाउनुहवस्
रक्तचन्दनसम्मिश्रं पारिजातसमुद्भवम्। मया दत्तं महालक्ष्मि चन्दनं प्रतिगृह्यताम्॥
ॐ महालक्ष्म्यै नम:। रक्तचन्दनं समर्पयामि।

अब सिन्दूर चढाउनु पर्छ
सिन्दूरं रक्तवर्णां च सिन्दूरतिलकप्रिये। भक्त्या दत्तं मया देवि सिन्दूरं प्रतिगृह्यताम्॥
ॐ सिन्धोरिव प्राध्वने शूघनासो वात प्रमिय: पतयन्ति यह्वा:।
घृतस्य धारा अरुषो न वाजी काष्ठा भिन्दन्नूर्मिभि: पिन्वमान:॥ 
ॐ महालक्ष्म्यै नम:। सिन्दूरं समर्पयामि। 

अब कुङ्कुम चढाउनु हवस्
कुङ्कुमं कामदं दिव्यं कुङ्कुमं कामरूपिणम्। अखण्डकामसौभाग्यं कुङ्कुमं प्रतिगृह्यताम्॥
ॐ महालक्ष्म्यै नम:। कुङ्कुमं समर्पयामि। 

अब पुष्पसार (सुगन्धित द्रव्य अर्थात् सेन्ट) चढाउनु पर्छ 
तैलानि च सुगन्धीनि द्रव्याणि विविधानि च। मया दत्तानि लेपार्थं गृहाण परमेश्वरि॥
ॐ महालक्ष्म्यै नम:। सुगन्धितैलं पुष्पसारं च समर्पयामि। 

अब अक्षता समर्पण गर्नुहवस्
अक्षत: अक्षताश्च सुरश्रेष्ठे कुङ्कुमाक्ता: सुशोभिता:। मया निवेदिता भक्त्या गृहाण परमेश्वरि॥ 
ॐ महालक्ष्म्यै नम:। अक्षतान् समर्पयामि। 

अब फूल र फूलको माला चढाउनुहवस्
माल्यादीनि सुगन्धीनि मालत्यादीनि वै प्रभो। मयानीतानि पुष्पाणि पूजार्थं प्रतिगृह्यताम्॥
ॐ मनस: काममाकूतिं वाच: सत्यमशीमहि। पशूनां रूपमन्नस्य मयि श्री: श्रयतां यश:॥
ॐ महालक्ष्म्यै नम:। पुष्पं पुष्पमालां च समर्पयामि।

अब दूबो चढाउने पालो आएको छ
विष्ण्वादिसर्वदेवानां प्रियां सर्वसुशोभनाम्। क्षीरसारसम्भूते दूर्वां स्वीकुरु सर्वदा॥
ॐ महालक्ष्म्यै नम:। दूर्वाङ्कुरान् समर्पयामि। (दूर्वाङ्कुर अर्पित करी।)

अब तलका मन्त्रको उच्चारण गर्दै लक्ष्मीका विभिन्न अङ्गमा चन्दन, अक्षता र फूल चढाउनु पर्छ :-
ॐ चञ्चलायै नम: जानुनी पूजयामि । (घुँडामा)
ॐ कमलायै नम: कटिं पूजयामि । (कम्मरमा)
ॐ कात्यायन्यै  नम: नाभिम्‌ पूजयामि । (नाइटोमा)
ॐ जगन्मात्रे  नम: जठरं पूजयामि । (पेटमा)
ॐ विश्ववल्लभायै नम: वक्षस्थलं पूजयामि । (छातीमा)
ॐ कमल वासिन्यै  नम: हस्तौ पूजयामि । (हातमा)
ॐ पद्माननायै नम: मुखं पूजयामि । (मुखमा)
ॐ कमलपत्राक्ष्यै  नम: नेत्र त्रयं पूजयामि । (आँखा र भृकुटिमा)
ॐ श्रियै  नम: शिर: पूजयामि । (शिरमा)
ॐ महालक्ष्म्यै  नम: सर्वाङ्गं पूजयामि । (तलदेखि माथिसम्म सबै अङ्गमा)

अङ्ग पूजा गरेपछि अष्टसिद्धिलाई सम्झँदै पूर्वादि क्रमले लक्ष्मीको प्रतिमाका वरिपरि दुबोले पूजा गर्नुपर्छ :-
ॐ अणिम्ने नम: । पूर्वे  दुर्वाङ्कुरं (पुष्पं ) समर्पयामि | (पूर्व दिशामा)
ॐ महिम्ने नम: । अग्निकोणे दुर्वाङ्कुरं (पुष्पं ) समर्पयामि | (पूर्व र दक्षिणको कुनामा)
ॐ गरिम्णे नम: । दक्षिणे दुर्वाङ्कुरं (पुष्पं ) समर्पयामि | (दक्षिण दिशामा)
ॐ लघिम्ने नम: । नैऋत्ये दुर्वाङ्कुरं (पुष्पं ) समर्पयामि |  (दक्षिण र पश्चिमको कुनामा)
ॐ प्राप्त्यै नम: । पश्चिमे दुर्वाङ्कुरं (पुष्पं ) समर्पयामि | (पश्चिम दिशामा)
ॐ प्राकाम्यै नम: । वायव्ये दुर्वाङ्कुरं (पुष्पं ) समर्पयामि | (पश्चिम र उत्तरको कुनामा)
ॐ ईशितायै नम: । उत्तरे दुर्वाङ्कुरं (पुष्पं ) समर्पयामि | (उत्तर दिशामा)
ॐ वशितायै नम: । ऐशान्यां दुर्वाङ्कुरं (पुष्पं ) समर्पयामि | (उत्तर र पूर्वको कुनामा)

त्यसपछि अष्टलक्ष्मीको कल्पना गर्दै लक्ष्मीको प्रतिमामा तलको मन्त्र उच्चारण गर्दै प्रत्येक मन्त्रका साथमा चन्दन, अक्षता र फूल चढाउनु पर्छ ।
ॐ आद्यलक्ष्म्यै नम: । सकल पूजार्थे पुष्पं समर्पयामि ।।
ॐ विद्यालक्ष्म्यै नम: । सकल पूजार्थे पुष्पं समर्पयामि  ।।
ॐ सौभाग्यलक्ष्म्यै नम: । सकल पूजार्थे पुष्पं समर्पयामि ।।
ॐ अमृतलक्ष्म्यै नम: । सकल पूजार्थे पुष्पं समर्पयामि ।।
ॐ कामलक्ष्म्यै नम: । सकल पूजार्थे पुष्पं समर्पयामि ।।
ॐ सत्यलक्ष्म्यै नम: । सकल पूजार्थे पुष्पं समर्पयामि ।।
ॐ भोगलक्ष्म्यै नम: । सकल पूजार्थे पुष्पं समर्पयामि ।।
ॐ योग लक्ष्म्यै नम: । सकल पूजार्थे पुष्पं समर्पयामि ।।

त्यसपछि नौ थुप्रा चामल भएको स्थानमा तलको मन्त्र पढी आवाहन गर्नु -
सूर्यः सौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलः सद्बुद्धिं च बुधो गुरुश्च गुरुतां शुक्रः सुखं शं शनिः।
राहुर्बाहुबलं करोतु विपुलं केतुः कुलस्योन्नतिं नित्यं प्रीतिकरा भवन्तु भवतां सर्वे प्रसन्नाः ग्रहाः ।।
सर्वेभ्यो नवग्रहेभ्यो नमः । इहागच्छ, इह तिष्ठ मम पूजां गृहाण आवाहनं समर्पयामि ।।

त्यसपछि ती थुप्रामध्ये प्रत्येक थुप्रालाई तलका मन्त्र पढ्दै क्रमशः चन्दन, अक्षता र फूल चढाउनु -
ॐ घृणि सूर्याय नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ चं चन्द्रमसे नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ अं अङ्गारकाय नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ बुं बुधाय नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ बृं बृहस्पतये नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ शुं शुक्राय नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ शं शनिश्चराय नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ रां राहवे नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ कें केतवे नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।

अब सोह्र थुप्रा चामल भएको स्थानमा तलको मन्त्र पढी आवाहन गर्नु -
गौरी पद्मा शची मेधा, सावित्री विजया जया । देवसेना स्वधा स्वाहा, मातरो लोकमातरः॥
धृतिः पुष्टिस्तथा तुष्टिः, आत्मनः कुलदेवता । 
षोडशमातृकाभ्यो नमः । इहागच्छ, इह तिष्ठ मम पूजां गृहाण आवाहनं समर्पयामि ।।

अब चन्दन, अक्षता र फूलले प्रत्येक मन्त्रले प्रत्येक थुप्रोमा त्यसरी नै पूजा गर्नु -
ॐ गौर्यै नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ  पद्मायै नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ शच्यै नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ  मेधायै नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ   सावित्र्यै नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ  विजयायै नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ   जयायै नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ  देवसेनायै नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ   स्वधायै नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ  स्वाहायै नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ   मात्रे नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ  लोकमातायै नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ   धृत्यै नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ  पुष्ट्यै नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ   तुष्ट्यै नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ  कुलदेव्यै नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
सर्वेभ्यो मातृभ्यो नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।

अब धूपबाती गरिदिने अर्थात् सुगन्धित धूप, अगुरु वा अगरबत्ती सल्काई दिनुपर्छ :-
वनस्पती रसोद्भूतो गन्धाढ्यो गन्ध उत्तम : । आघ्रेय: सर्व देवानां धूपोयं प्रतिगृह्यताम् ।।
कर्दमेन प्रजाभूता मयि सम्भ्रमकर्दम । श्रियं वासय मे कुले मातरं पद्ममालिनीम् ।।
ॐ महालक्ष्म्यै नम: | धूपं अघ्रापयामि ।

अब बाती बालेर आरती घुमाइदिनु पर्छ :-
कार्पास वर्तीसंयुक्तं घृतयुक्तं मनोहरम् । तमोनाशकरं दीपं गृहाण परमेश्वरि ।।
आपः सृजन्तु स्निग्धानि, चिक्लीत वस मे गृहे । निच-देवी मातरं श्रियं वासय मे कुले ।।
ॐ महालक्ष्म्यै नम: । नीरांजन दीपं समर्पयामि ।।

अब नैवेद्य सामाग्री र मिठाइको पालो :-
नैवेद्यं गृह्यतां देवि भक्ष्य भोज्यसमन्वितम् । षड्रसैरन्वितं दिव्यं गृहाण परमेश्वरि ।।
आर्द्रां पुष्करिणीं पुष्टिं, सुवर्णां हेम-मालिनीम् । सूर्यां हिरण्मयीं लक्ष्मीं, जातवेदो ममावह ।।
ॐ महालक्ष्म्यै नम: । नानाविध पक्वान्नसहितं महानैवेद्यं  समर्पयामि ।।

त्यसपछि चार पटक शुद्ध जल चढाउनु पर्छ :-
मध्ये पानीयं समर्पयामि ।
उत्तरं आपोशनार्थे जलं समर्पयामि ।
हस्त प्रक्षालनार्थे जलं समर्पयामि ।
मुख प्रक्षालनार्थे जलं समर्पयामि ।

अब यथाशक्ति लक्ष्मी गायत्री मन्त्रको जाप गर्नुपर्छ -
ॐ महालक्ष्म्यै च विद्महे विष्णुपत्न्यै च धिमही तन्नो लक्ष्मी प्रचोदयात् ।

जाप गरेपछि भगवती लक्ष्मीको स्तुति गर्दै फूल चढाउनु पर्दछ 
ॐ या सा पद्मासनस्था विपुलकटितटी पद्मपत्रायताक्षी गम्भीरा वर्तनाभि: स्तनभरनमिता शुभ्रवस्त्रोत्तरीया ।
या लक्ष्मीर्दिव्यरूपै: मणिगण खचितै: स्नापिता हेमकुम्भै: सा नित्यं पद्महस्ता मम वसतु गृहे सर्व माङ्गल्ययुक्ता ॥
ॐ महालक्ष्म्यै नमः ।।

अब आचमन गर्न जल चढाइदिनु पर्छ 
शीतलं निर्मलं तोयं कर्पूरेण सुवासितम्। आचम्यतां जलं ह्येतत् प्रसीद परमेश्वरि॥
ॐ महालक्ष्म्यै नम:, आचमनीयं जलं समर्पयामि।

अब फल चढाउने पालो
फलेन फलितं सर्वं त्रैलोक्यं सचराचरम्। तस्मात् फलप्रदानेन पूर्णा: सन्तु मनोरथा:॥ 
ॐ महालक्ष्म्यै नम:, अखण्डऋतुफलं समर्पयामि, आचमनीयं जलं च समर्पयामि।

अब सुपारी र पान चढाउनु होला
पूगीफल: पूगीफलं महद्‌दिव्यं नागवल्लीदलैर्युतम्। एलाचूर्णादिसंयुक्तं ताम्बूलं प्रतिगृह्यताम्॥
ॐ आर्द्रा य: करिणीं यष्टिं सुवर्णां हेममालिनीम्। सूर्यां हिरण्मयीं लक्ष्मीं जातवेदो म आ वह॥
ॐ महालक्ष्म्यै नम:, मुखवासार्थे ताम्बूलं समर्पयामि। 

अब लक्ष्मीको प्रतिमामा पैसा (दक्षिणा) चढाइदिनुपर्छ ।
हिरण्यगर्भगर्भस्थं हेमबीजं विभावसो:। अनन्तपुण्यफलदमत: शान्तिं प्रयच्छ मे॥
ॐ तां म आ वह जातवेदो लक्ष्मीमनपगामिनीम्। यस्यां हिरण्यं प्रभूतं गावो दास्योऽश्वान् विन्देयं पुरुषानहम्॥ 
ॐ महालक्ष्म्यै नम:, दक्षिणां समर्पयामि। 

अब बाती बालिदिनु
चक्षुर्दं सर्वलोकानां तिमिरस्य निवारणम्। आर्तिक्यं कल्पितं भक्त्या गृहाण परमेश्वरि॥
ॐ महालक्ष्म्यै नम:, नीराजनं समर्पयामि। 

यसपछि पूजास्थलबाट उठेर घरको मूल दैलोमा गई त्यहाँ शुभलाभ र स्वस्तिक चिह्न बनाई पूजा गर्नु :-
ॐ  देहलीविनायकाय नमः ।। गन्धाक्षतपुष्पाणि समर्पयामि ।।

पुनः पूजास्थलमा आई वा दराज वा सेफमा गएर मसी, कलम, किताब, कापी र खातापाताको पूजा गर्नु :-
ॐ कालिके त्वं जगन्मातर्मसीरूपेण वर्तसे । उत्पन्ना त्वं च लोकानां व्यवहारप्रसिद्धये ।।
या कालिका रोगहरा सुवन्द्या भक्तैर्समस्तैर्व्यवहारदक्षैः ।
जनैर्जनानां भयहारिणी या सा लोकमाता मम सौख्यदास्तु ।।
ॐ मसीस्थितायै देव्यै नमः ।। गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ लेखनी निर्मिता पूर्वं ब्रह्मणा परमेष्ठिना । लोकानां च हितार्थाय तस्मात्त्वां पूजयाम्यहम् ।।
शास्त्राणां व्यावहाराणां विद्यमानाप्नुयाद्यतः । अतस्त्वां पूजयिष्यामि मम हस्ते स्थिरा भव ।।
ॐ लेखनीस्थायै देव्यै नमः ।। गन्धाक्षतपुष्पाणि समर्पयामि ।।

अब खातापाताको पूजा गरिदिनु पर्छ
ॐ वीणापुस्तकधारिण्यै सरस्वत्यै नमः ।
सरस्वतिमहाभागे विद्ये कमललोचने । विद्यारूपे विशालाक्षी विद्यां देही नमोस्तुते ।।
ॐ पुस्तकरूपिण्यै वाग्देव्यै नमः ।। ॐ सरस्वत्यै नमः । गन्धाक्षतपुष्पाणि समर्पयामि ।।
ॐ गणनादेव्यै नमः ।। गन्धाक्षतपुष्पाणि समर्पयामि ।।

त्यसपछि दराज र सेफमा पनि त्यसरी नै शुभलाभ  र स्वस्तिक चिह्न बनाई पूजा गर्नु :-
ॐ आवाहयामि देव त्वामिहायाहि कृपां कुरु । कोशं वर्द्धय नित्य त्वं परिरक्ष सुरेश्वर ।।
धनदाय नमस्तुभ्यं निधिपद्माधिपाय च । भगवन् त्वत्प्रसादेन धनधान्यादि सम्पदः ।।
ॐ  धनागाराय कुवेराय नमः ।। गन्धाक्षतपुष्पाणि समर्पयामि ।।

अब मानोपाथी, ढकतराजु, तुलो आदिको पनि पूजा गर्नु :-
ॐ नमस्ते सर्वदेवानां शक्तिस्ते सत्यमाश्रिता । साक्षीभूता जगद्धात्री निर्मिता विश्वयोनिना ।।
ॐ तुलाधिष्ठात्रीदेवतायै नमः ।। गन्धाक्षतपुष्पाणि समर्पयामि ।।

अब घर वरिपरि कोठाचोटा र बाटोसम्म बालेका झिलिमिली बत्तीको पूजा गर्नु :-
ॐ त्वं ज्योतिस्त्वं रविश्चन्द्रो विद्युदग्निश्च तारकाः । सर्वेषां ज्योतिषां ज्योतिर्दीपावल्यै नमो नमः ।।
ॐ  दीपावल्यै नमः ।। गन्धाक्षतपुष्पाणि समर्पयामि ।।

अब लक्ष्मीमाताको आरती गरिदिनु पर्छ । आरती गर्ने मन्त्र :-
जय देवी जय देवी जय महालक्ष्मि रक्ष त्वं शरणागत साम्प्रतसर्वं हि जय देवी जय देवी ................
आफूलाई कण्ठ भएको कुनै आरतीको गायन गर्दै आरती देखाउनु पर्छ ।

आरतीपछि आरती र देवताका प्रतिमाहरूमा शुद्ध जल छर्किएर आफूले र पूजामा उपस्थित सबैले हातमा फूलपाती लिई पुष्पाञ्जली गरिदिनु पर्छ । पुष्पाञ्जली प्रदान गर्दा उच्चारण गर्ने मन्त्र :-
ॐ यज्ञेन यज्ञमयजन्त देवास्तानि धर्माणि प्रथमान्यासन् । ते ह नाकं महिमानः सचन्त यत्र पूर्वे साध्याः सन्ति देवाः ।।
राजाधिराजाय प्रसह्यसाहिने नमो वयं वैश्रवणाय कुर्महे । स मे कामान्कामकामाय मह्यम् कामेश्वरो वैश्रवणो ददातु ।। कुबेराय वैश्रवणाय महाराजाय नमः ।।
साम्राज्यं भौज्यं स्वाराज्यं वैराज्यं पारमेष्ठ्यं राज्यं माहाराज्यमाधिपत्यमयं समन्तपर्यायी स्यात्सार्वभौमः सार्वायुष आन्तादापरार्धात्पृथिव्यै समुद्रपर्यन्ताया एकराडिति । तदप्येषः श्लोकोऽभिगीतो । मरुतः परिवेष्टारो मरुत्तस्यावसन् गृहे । आविक्षितस्य कामप्रेर्विश्वे देवाः सभासद इति ।।
ॐ एकदन्ताय बिद्महे वक्रतुण्डाय धीमहि । तन्नो दन्ती प्रचोदयात् ॥
ॐ  महालक्ष्म्यै च विद्महे विष्णुपत्न्यै च धीमहि । तन्नो लक्ष्मी: प्रचोदयात्‌ ।
ॐ वागदैव्यै च विद्महे कामराजाय धीमहि । तन्नो देवी प्रचोदयात्‌ ।।

अब प्रतिष्ठा गरिएका सबै प्रतिमाको वरिपरि दाहिने पारेर घुम्ने (प्रदक्षिणा गर्ने) । मन्त्र :-
यानि कानि च पापानि जन्मान्तरकृतानि च । तानि तानि प्रणश्यन्तु प्रदक्षिण पदे पदे ।।
ॐ महालक्ष्म्यै नम: । प्रदक्षिणाम्‌ समर्पयामि।।

यसरी प्रदक्षिणा गरेपछि माता लक्ष्मीलाई हातमा फूल लिई दुबै हात जोडी तलको मन्त्र पढ्दै नमस्कार गर्ने :-
नम: सर्वहितार्थाय जगदाधार हेतवे । साष्टाङ्गोऽयं प्रणामस्ते प्रयत्नेन मया कृत: ।।
ॐ महालक्ष्म्यै नम: । नमस्कारं समर्पयामि ।।

त्यसपछि दुबै हात माथि उठाई प्रार्थना गर्ने, प्रार्थना गर्दा उच्चारण गर्ने मन्त्र :-
यः शुचिः प्रयतो भूत्वा जुहुयादाज्यमन्वहम्। श्रियः पंच-दशर्चं च श्री-कामः सततं जपेत् ।।
सुरासुरेंद्रादि किरीट मौक्तिकै: युक्तं सदा यत्‌तव पादपङ्कजम् ।
परावरं पातु वरं सुमङ्गलं नमामि भक्त्याखिल काम सिद्धये ।।
भवानी त्वं महालक्ष्मी: सर्वकामप्रदायिनी । सुपूजिता प्रसन्ना स्यात्‌ महालक्ष्मि  नमोऽस्तु ते ।।
अन्यथा शरणं नास्ति त्वमेव शरणं मम । तस्मात्‌  कारुण्य भावेन रक्ष मां परमेश्वरि  ।।
अपराध सहस्राणि क्रीयंतेऽहर्निशं मया । दासोऽहं इति मां मत्वा क्षमस्व परमेश्वरि ।।
ॐ महालक्ष्म्यै नम: । प्रार्थनां  समर्पयामि ।। ॐ महालक्ष्म्यै नम: ।
अनेन यथा ज्ञानेन कृत देवयज्ञ  आराधनेन तेन श्री महालक्ष्मी प्रीयन्ताम् ।।
तत्‌ सत्‌ ब्रह्मार्पणं अस्तु । शुभं भवतु  । शुभं भवतु । शुभं भवतु ।।

पूजा गर्दा ब्राह्मणको सहयोग लिएको छ भने अब ब्राह्मणलाई भेटी, वस्त्र, दक्षिणादि प्रदान गर्नुपर्छ :-
नमोस्त्वनन्ताय सहस्रमूर्तये सहस्रपादाक्षिशिरोरुबाहवे ।
सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटियुगधारिणे नमः ।।

अब पूजामा प्रयोग गरिएका बाँकी कुश, फूल, अक्षता र अन्य चढाउन बाँकी रहेका सबै सामाग्री हातमा लिई पूजावेदीमा सबैतिर छर्किदिनु पर्छ :-
यान्तु देवगणा: सर्वे पूजामादाय पार्थिवीम्‌ । इष्ट काम्यसमृद्ध्यर्थं पुनरागमनाय च ।।
पुनरागमनाय च ।। पुनरागमनाय च ।। पुनरागमनाय च ।।

अब तिलानीमा रहेका बाँकी कुश,फूल र हातमा लगाएको पवित्र आदि कायेन वाचा मनसेन्द्रियैर्वा । बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् । करोमि यद्यत्सकलं परस्मै । नारायणयेति समर्पयामि ॥ भन्दै भुइँमा छाडिदिनु पर्दछ ।

पूजा सिद्ध्याएर प्रसाद, टीका र फूलपाती आदि वितरण गरी माता लक्ष्मीको जयजयकार गरिदिनु र हर्षबढाइ गर्नु । अस्तु ।

No comments:

Post a Comment