Jun 6, 2017

सर्वबाधा निवारक महामन्त्र - Mantra to Remove obstacles and destroy enemies


तपाईंको मनमा कताकता डर, चिन्ता वा अनावश्यक शंका मँडारिने त गर्दैन ? पछाडि कुरा काट्नेहरूले तपाईंको निद्रा गुम त गरेका छैनन् ? कुनै मुद्दामामिला वा प्रशासनिक झन्झट फँस्नु भएको छ कि वा शत्रु र प्रतिद्वन्द्वीका कुनै अरु नै गतिविधिका कारण चिन्तित हुनुहुन्छ ? अथवा घरमा केटाकेटी पटकपटक बिरामी भइरहन्छन् ? त्यस्तो कुनै पनि समस्या छ भने यस भिडियोमा रहेको मन्त्र आफैं जाप गर्ने गर्नुहोस्, जाप गर्न सम्भव छैन भने यस भिडियोलाई डाउनलोड गरी हरेक दिन प्रातःकालमा पूरा बजाउने गर्नुहोस् । यसमा चण्डीमा भएको बाधा निवारक मन्त्रको १०८ आवृत्ति पाठ गरिएको छ । यो त्रास , विघ्न, बाधा, डिप्रेसन ,भूतप्रेत, पिशाच, मानसिक अशान्ति, शारीरिक दुःख वा कष्टको निवारणका लागि श्री दुर्गा सप्तशतीबाट उद्धृत गरिएको सर्वबाधा निवारक महामन्त्र हो । यसलाई ठूलाठूला तान्त्रिक र पण्डितले पनि अचुक र अमोघ मन्त्र मानेका छन् ।

सर्वाबाधाप्रशमनं त्रैलोक्यस्याखिलेश्वरि ।एवमेव त्वया कार्यमस्मद्वैरिविनाशनम् ।।

Durga Mantra to Remove obstacles and destroy enemies :-

Sarva Badha Prashamanam TrailokyasyakhileshwariEvameva Twaya Karyam Asmad Vairi Vinashanam

No comments:

Post a Comment